अभिनेत्री वर्षा शिवाकोटीले कसिन लगनगाँठो

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा अभिनेत्री वर्षाले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह गरेकी हुन् ।

अभिनेत्री वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । आशिष पेशाले इन्जिनियर हुन् । विवाह समारोहमा परिवारका सदस्य, आफन्त र साथीहरुको उपस्थिति रहेको बताइएको छ ।

‘नाइँ नभन्नु ल २’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री वर्षाले ‘पशुपतिप्रसाद’, ‘वीर विक्रम २’, ‘लप्पनछप्पन २’, ‘पुरानो बुलेट’लगायतमा काम गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्