पाँच वर्षमा पालिकालाई देश भरिको पालिका मध्ये एउटा मोडेलको रुपमा विकास गर्ने छु : लिम्बु


ताप्लेजुङ । वैशाख ३० मा हुने स्थानिय निकायको निर्वाचनमा फत्ताङलुङ गाउँपालिका अध्यक्षमा सत्तासाझेदार गठबन्धनका तर्फबाट माओवादी फत्ताङलुङ गाउँपालिका कमिटी अध्यक्ष राजन लिम्बु ( मुत्ति ) सिफारिस भएका छन् । गठबन्धनले बुधबार सिट बाँडफाँड गर्दा फत्ताङलुङ गा.पा. माओवादीको भागमा परेपछि माओवादीले पालिका अध्यक्षका लागि सिंगापुर पुलिसको जागिर छोडेर गाउँ फर्किएका लिम्बुको नाम सिफारिस गरेको हो । पछिल्लो समयमा राजनीतिमा युवाको माग भईरहेको अवस्था युवा अवस्थाका मुत्तिका योजनाहरुको विषयमा पाथिभरा प्रेसले गरेको कुराकानीको संपादित अंश ।

१) अबको पाँच वर्ष पछि फत्ताङलुङ गा.पा. लाई कस्तो बनाउने सपना देख्नु भएको छ ?

पाँच वर्षमा फत्ताङलुङ गा.पा. कालाई देश भरिको पालिका मध्ये एउटा मोडेलको रुपमा विकास गर्ने सपना छ । जस्ले गर्दा अन्य पालिकाहरुले पनि त्यो मोडेलमा लान सकुन । हामीले भाषणमा गरेका समाजवाद कुरालई कार्यन्वयन गरेर समाजवादउन्मुख भौतिक संरचनाहरु बनाईनेछ । नागरिकलाई उत्पादनसँग जोडिने छ । जब एउटा व्यक्ति आर्थिक रुपमा सक्षम बन्छ तब उस्ले अन्य कुरा सोच्न सक्छ, त्यस कारणले गर्दा हरेका व्यक्तिको क्रय क्षमता बढाउन यो पालिका धेरै विधुतको सम्भावना बोकेको पालिका हो त्यसैले हरेक नागरिकलाई उत्पादन हँुदै गरेका÷हुने हाईडो«मा सेयर पहुँच पु¥याईने छ । कति सम्म सकिन्छ तर सकेसम्म यस गा.पा. मोडेलको रुपमा प्रस्तुत गर्ने सपना बोकेको छु ।

२) तपाई आफै युवा हुनुहुन्छ । धेरैको युवाको आशा तपाई माथि छ । युवाका लागि कस्ता कार्यक्रम ल्याउनुहुन्छ ?

सबै भन्दा पहिला यो प्रश्न आफैमा गम्भिर र आज हाम्रो देशको लागि महत्वपुर्ण प्रश्न हो । उर्जाशिल युवाहरुलाई देशको अनुकुलता अनुसार प्रयोग गर्न नसकि रहेको अवस्थामा ५० लाख भन्दा बढि युवाहरु विश्वका खाडि मुलुका आफ्नो श्रम बेच्न विवस छन् । यो एउटा आधुनिक दासता हो । हाम्रो देशका युवाहरुलाई दासको रुपमा बेचिएको छ अरबका खाडिहरुमा । जस्ले गर्दा उस्को श्रम त बेचियो नै ज्यानै समेत जाने सम्भावना हुन्छ, साथै वैदेशिक रोजगारीले परिवारमा समस्या उत्पन्न भएका घटनाका साक्षि तपाई हामी छँदैछौं । पढेर पनि रोजगारी पाँदैन भनेर धेरै युवा फ्रस्टेट छन् । यदि हामीले जित्यौं भने सहकारी मोडलमा कृषि विशेषज्ञ ल्याएर तालिम दिनेछौं । माटो ल्याब टेस्ट गरेर त्यो माटो सुहाउँदो एक सय÷दुई सय युवाहरुको समुह बनार्ई खेति गर्न तालिम पनि दिन्छ साथै त्यो उत्पादनलाई बजारीकरणको जिम्मा पनि पालिकाले नै लिन्छ । साथै पालिकाले युवाको आवश्यकता अनुसार युवा लक्षित कार्यक्रम संचालन गर्ने छ । पालिकाबासी युवाको त्यो आशा र भरोसालाई खेर जान दिने छैन ।

३ ) महिला,बालबालिका, तथा ज्येष्ठ नागरिक लागि कस्ता योजना तथा कार्यक्रम ल्याउने सोच्नु भएको छ ?

महिलाहरु अझैपनि चुलोचौकामा नै सिमित हुनुहुन्छ । उहाँहरुले पुरुषमाथि परनिर्भर हुनु परेको छ । उहाँहरुलाई आत्मनिर्भर बनाउन कार्यक्र संचालन गर्नेछु । यहाँ ढाकाका कपडा बुन्ने, अल्लोका कपडा बुन्ने तथा सिलाई कटाई कार्यक्रम भएकालाई व्यवस्थित र नभएका स्थानमा नयाँ कार्यक्रम सामुहिक रुपमा संचालन गर्ने छु । र त्यो उत्पादित सामाग्रीलाई पालिकाले नै खरिद गरेर बजारिकरण गर्ने छ ।
ज्येष्ठ नागरिकहरु कतिपय छोराछोरी आफन्त विहिन हुनुहुन्छ । त्यस्ता आफन्त विहिन आमाबुबालाई बाटोहरु अप्ठयारो भएकोले हिँडडुल गर्न सकस भईरहेको छ भने हेरचाह गर्ने मान्छेहरु नभएर जिन्दगी चलाउन कठिन स्थिति छ । त्यस्लै उहाँहरुलाई व्यवस्थि गर्न वृद्धा आश्रम खोल्ने योजना छ । बालबालिकाहरुको लागि बालमैत्रि विद्यालय शिक्षाको व्यवस्थापन गर्ने छु । अझैपनि पालिका भित्र धेरै बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर छन् । उनिहरुलाई विद्यालयसम्म जोड्ने कार्य मेरो पहिलो कार्य हुने छ ।

४) भौगोलिक हिसाबमा यो गा.पा. विकट नै मानिन्छ । यहाँको यातायात, शिक्षा, स्वास्थ्य साथै संचार क्षेत्रमा कस्ता कार्य गर्नुहुन्छ ?

यो पालिका भौगोलिक रुपमा विकट छ । यहाँको अन्य क्षेत्रको विकास गर्न यातायातको विस्तार गर्नु आवश्यक देखिन्छ । यहाँ उत्पादित सामाग्रीलाई बजारिकरण गर्न सबै भन्दा पहिलो विकास गर्ने भनेको यातायात नै हो,त्यसका लागि काम गर्ने छु । शिक्षा,स्वास्थ्य र संचार सबै कुराको विकास गर्नु अत्यन्त जरुरी छ ।

विद्यालय उमेर समुहका पालिका भित्रका सबै नागरिकलाई विद्यालयसम्म जोड्ने छु । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि कार्यक्रम गर्ने छु । सम्भव भएसम्म एक विद्यालय एक नर्सको व्यवस्थाका लागि काम गर्ने छु । त्यसैगरि विद्यालयका शौचालय छात्रा तथा शारिरीक अशक्त्तता मैत्री बनाउने साथै छात्राहरुलाई निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्न पहल गर्ने छु ।

यहाँको कतिपय मान्छेहरु बिरामी हुँदा अस्पताल सम्म पुग्न नपाई मृत्युवरण गर्नुपर्ने कुराको अनत्य गर्ने छु । त्यसका लागि पालिका भित्र ल्याब, एक्स्रे सहितको एउटा सुविधा सम्पन्न अस्पतालको स्थापना गरिने छ । पालिकाले नै दुईवटा एम्बुलेन्स संचालन गर्ने छ । एउटा माथिल्लो भेगका लागि तापेथोक र तल्लो भेगका लागि सिंवामा स्टेण्ड बाई राख्ने व्यवस्था गरिने छ । साथै पालिका भित्र विभिन्न स्थानमा फार्मेसी संचालन गरिने छ ताकी कुनैपनि बिरामी उपचार नपाएर मृत्युवरण गर्न नपरोस साथै सामान्य बिरामी हँदा ठुलो धनराशीको खर्च गरेर धरान, विराटनगर र विर्तामोड पुग्न नपरोस् । यसका लागि बजेटको अभाव होला तर नाका नजिकै भएको हिसाबले आवश्यक प्रकृया पुरा गरि छिमेकी राष्ट्र चिन र पालिका भित्रका हाइड्रोहरु साथै पालिकाको समन्वय र संयुक्त साझेदारीमा काम गर्ने योजना छ ।

त्यसै गरि संचारको एकदम धेरै समस्या छ । फोनमा कुरा गर्न समेत नेटवर्क ले काम गर्दैन । कुनैपनि रेडियो पालिकाका सबै स्थानमा सुन्न सकिन्न । सबै स्थानमा रेडियो कसरी हुन्छ सुन्न सक्ने व्यवस्था मिलाउन का साथै विभिन्न ठाउँमा टावर राखेर नेटवर्क सुविधाको विस्तार गरिने छ ।

५) कृषकको लागि कस्ता कार्यक्रम छन् ?

कृषक लागि सामुहिक कृषि खेती कार्यक्रम संचालन गरिने छ । यो पालिकाबासी विशेष गरि अलैंचाी र आलुु उत्पादनमा संलग्न छन् । यस्लाई अनुदान दिएर सामुहिक कृषि खेतीतर्फ अघि बढाईने छ । अलैंचीको विश्व बजारमा यस्को महत्व र मागका विषयमा अध्ययन गरि अलैंचीलाई ग्रेडिङ गरि सिमा नाका चिनसँग जोडिएको हुनाले चिनसँग समन्वय गरि निर्यातको जिम्मा पालिकाले लिने छ । ताकी अहिलेको जस्तो विचौलियाको हालीमुहालि र कृषकले समस्या भोग्नुपर्ने अवस्थाको अनत्य भई कृषकको आर्थिक स्तरमा वृद्धि हुन सकोस ।

साथै चौरी र याक व्यवसायीका लागि चिज,छुर्पी उत्पादनमा सामुहिक र स्तरिय उत्पादनतर्फ अघि बढाई आम्दानीमा वृद्धि गरिने छ । केक्यापले गरेर वन्यजन्तुलाई मार्न नपाईने भएकोले बाघ,भालु र चितुवाले याक मार्ने गर्छन । जस्ले गर्दा याक र चौंरी व्यवसायीको लाखौंको क्षती हुन्छ भने केक्यापले एउटा याक तथा चौंरी वन्यजन्तुले मारेमा विमा बापत ८ हजार रुर्पैया दिने व्यवस्था गरेको छ । लाखौंको क्षतिमा अलिकति पनि राहतको महशुस नहुने भएकोले यी व्यवसायी पलायन हुने स्थिति बढ्दो छ, त्यसैले यि व्यवसायीलाई संरक्षण गर्न पालिकाले याक तथा चौंरी विमा कार्यक्रम संचालन गर्ने छ ।

६) गा.पा.को खेलकुदको क्षेत्रमा कस्ता योजना ल्याउनु हुनुहुन्छ ?

पालिका खेलाडीहरुको विकासका लागि कवर्डहल स्थापना गरि सम्बन्धित खेलको राष्ट्रिय स्तरका कोचहरु ल्याएर कोचिङ दिने व्यवस्था गरिने छ । सम्भव भएसम्म पालिकामा एउटा रङ्गशालाको निर्माण गर्ने योजना पनि छ ।

७) फत्ताङलुङ गा.पा. पर्यटकीय हिसावमा प्रचुर सम्भावना बोकेको गा.पा. हो । पर्यटन विकासका लागि कस्ता कार्यक्रम संचालन गर्नुहुन्छ ?

भौगोलिक विकटताका बावजुद पनि पर्यटनको अत्याधिक सम्भावना बोकेको पालिका हो । मैले अघि पनि भने अन्य क्षेत्रको विकासका लागि सबै भन्दा पहिले यातायातको विस्तार गर्नु अत्यन्तै आवश्यक छ । पर्यटकको आवागमनमा वृद्धि गर्न यातायात,संचार र स्वास्थ्यको विकास गर्नु आवश्यक देखेको छुु,सोहि अनुसार काम गर्ने छु । विश्वको तेस्रो हिमशिखर कंचनजङ्घा यहि पालिका पर्छ तर यस हिमालसम्म पुग्न हरकोहि सामान्य आय भएको व्यत्तिले सक्ने अवस्था छैन । बाटोमा होटलहरु धेरै छैनन् भएका एक दुईवटा होटल तथा पसलमा सामान बोकेर लानुपर्ने भएकोले एकदम महङ्गो पर्न जान्छ जुन सामान्य आय भएको व्यत्तिले एफोड गर्न सक्ने स्थिति छैन । त्यसैले घुङसासम्म मात्रै यातायातको विस्तार गर्न सकियो भने अहिले वार्षिक ७ सय विदेशी पर्यटक आउने गरेको मा आन्तरिक सहित बाह्य गरि लाखौं पर्यटक भित्राउन सकिन्छ ।

घुङसा भन्दा माथि बेस क्याम्पसम्म ट्रेकिङ लाईनको रुपमा विकास गरिने छ । विदेशीका लागि गाईड पालिका भित्र कै जनशत्तिको प्रयोग गर्ने व्यवस्था गरिने छ भने पालिकाको जनशत्तिले काम गर्न नसक्ने अवस्थाामा मात्रै बाहिरीको जनशत्ति प्रयोग गर्ने वाताबरण बनाईने छ । जस्ले गर्दा पालिका भित्रका नागरिकले रोजगारी पाउने त भए नै साथै यँहिका वासिन्दालाई अन्य गाईडलाई भन्दा राम्रो ज्ञान हुने भएकाले पर्यटकले आफ्नो यात्रा सहज र रमाईलो महशुस गर्ने छन् । बाटो बाटोमा हेल्थ डेक्स निशुल्क र स्थानिय स्वाद सहितको होम स्टे संचालन व्यवस्था गरिने छ । साथै मेरा सबै योजना यहाँ भनेर सम्भव नहोला अन्य योजना अध्यक्षको रुपमा मलाई स्थानियले निर्वाचित गर्नुभयो भने गर्दै जाने छु,जनताको चाहाना र आवश्यकता भन्दा पर रहेर काम गर्ने छैन ।


प्रतिक्रिया दिनुहोस्