ओलाङचुङगोलामा गाउँ भेलाले नै चुन्यो अध्यक्ष सहित सदस्यहरु,चुनावी प्रतिष्पर्धा नहुने

ताप्लेजुङ । आगामी वैशाख ३० मा हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको विषयलाई लिएर देशका विभिन्न ठाउँमा किचलो भईरहेको अवस्थामा ताप्लेजङुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका गाउँलेहरुको भेलाले छेतेन वालुङलाइ वडा अध्यक्षमा चयन गरेको छ । गाउँलेहरुको आम भेलाले छेतेन वालुङलाई आगामी पाँच वर्ष कार्याकालको लागि वडा नं. ७ को अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै सदस्यहरुमा टाँसी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विकलाई वडा समितिको उम्मेदवारमा चयन गरेको छ

छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी नपरेसंगै सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । साथै उनिहरु विरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको भोटेले बताए ।
गाउँलेले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताए ।

ओलाङचुङगोला समुद्र सतह देखि तीन हजार ५०० मिटर उच्चाईमा अवस्थित हिमाली बस्ती हो । यस बस्तीमा जम्मा ५३ घर परिवार बसोबास गर्दै आएको छ । २७७ मतदाता संख्या रहेको ओलाङगोलामा गाउँलेहरुको आम भेलाबाट सर्वसम्मत अध्यक्ष चयन गरेको तेन्जिङ वालुङले बताए ।

सर्वसम्मत वडा अध्यक्ष चयन भएका छेतेन २०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका थिए । त्यस पछि अल्पसंख्यक कोटाबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनपछि गाउँमा लामो समय तिक्तता भएको भन्दै यहाँका जनप्रतिनिधि र युवा अवुगाले केही दिनदेखि सर्वसम्मत गराउने प्रयास गरेको थियो । सर्वसम्मत भएको निर्वाचन आयोगले भने औपचारिक पुष्टि गर्न भने बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961