ताप्लेजुङमा माओवादी केन्द्रको एक उम्मेदवार निर्विरोध 

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा माओवादी केन्द्रका एक उम्मेदवार निर्विरोध भएका छन् ।

पालिकाको वडा नम्बर – ५ पापुङमा दलित महिला सदस्यमा सरिता गहते निर्विरोध भएकी हुन् । स्थानीय तह निर्वाचन २०७९ लागि बैशाख ११ र १२ गते भएको उम्मेदवार मनोनयनको क्रममा गठबन्धनको तर्फबाट दलित सदस्यमा गहतेको मात्र उम्मेदवारी परेको थियो । 

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ । सोही वडाको अध्यक्षमा माओवादी केन्द्रबाट ग्यान्जे लामा, खुल्ला पुरुष सदस्यमा तोप्ला शेर्पा र निमा रिन्जिङ शेर्पा महिला सदस्यमा फूपू लामु शेर्पा उम्मेदवार बनेका छन् ।

मिक्वाखोला गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फ अध्यक्षमा काङ्ग्रेसबाट भक्त कार्की उपाध्यक्षमा माओवादी केन्द्रबाट डन्डु लामा उम्मेदवार बनेका छन । त्यस्तै एमालेबाट अध्यक्षमा  दिवस लिबाङ  र उपाध्यक्षमा मिना कुमारी केदेम उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्