७५३ स्थानीय तहका विभिन्न पदमा डेढ लाख जनाले उम्मेदवारी

काठमाडौं । देशभरका ७५३ स्थानीय तहका विभिन्न पदमा डेढ लाख जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार यतिबेलासम्म डेढ लाख हाराहारीमा उम्मेदवारी दर्ताको विवरण प्राप्त भइसकेको छ ।

तर यसको अन्तिम सूची प्रकाशन गर्न बाँकी रहेको बताइएको छ । देशभर पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत गरी ३५ हजार २ सय २१ पदका लागि वैशाख ३० गते निर्वाचन हुँदै छ ।


प्रतिक्रिया दिनुहोस्