विमलेन्द्र निधिले फकाउन सकेनन् मनोज साहलाई, उम्मेदवारी फिर्ता नलिने

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनविरूद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नगर सभापति मनोज साहलाई फकाउने कांग्रेस नेताहरूको प्रयास असफल भएको छ ।

उम्मेदवारी फिर्ता लिनपूर्व उपसभापति विमलेन्द्र निधि, मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव लगायतका नेताहरूले साहलाई उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि उनी अघि बढ्ने निर्णय लिएका हुन् ।

जनकपुरधाम उपमहानगर जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि साह आक्रोशित हुँदै कांग्रेस परित्याग गरी बागी उम्मेदवारी दिएका छन्।

उम्मेदवारी फिर्ता लिन बुधबार दिउँसो कांग्रेस नेता विमलेन्द्र निधिले भौतिक पूर्वाधार विकासमन्त्री यादवको निवासमा झण्डै एक घण्टा फकाउने प्रयास गरेका थिए । तर आफू अघि बढिसकेकाले कुनै हालतमा उम्मेदवारी फिर्ता लिन नसक्ने साहले जवाफ फर्काएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्