बागी उम्मेदवारलाई फकाउन मन्त्रीसम्म

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेताहरुले प्रयास जारी राखेका छन् ।

यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाली कांग्रेस चितवनका नेताहरुसँग छलफल गरिरहेका छन् ।

सेन्ट्रल पाम होटलमा मन्त्रीहरुसँग कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाबीच छलफल भइरहेको छ । सापकोटा वागी उम्मेदवार पौडेलका प्रस्ताव हुन् ।

आज उम्मेदवारी फिर्ता लिने दिन हो । त्यसैले जसरी भए पनि पौडेललाई मनाउने र गठबन्धनको तर्फबाट रेनु दाहाललाई साझा उम्मेदवार बनाउने प्रयासमा नेताहरु जुटेका छन् ।

मन्त्री खाँण आज बिहान साढे ११ बजे चितवनबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका रहेकाले त्यसअघि नै पौडेललाई उम्मेदवारी फिर्ता गराउन नेताहरु प्रयासरत छन् ।


प्रतिक्रिया दिनुहोस्