पत्रकारिता छोडेर जनप्रतिनिधिको बाटो किन रोजिन् आङबुहाङले ?

ताप्लेजुङ । आगामी बैशाख ३० गतेबाट प्रत्येक स्थानीय तहले नयाँ जनप्रतिनिधि पाउँदै छ । ५ वर्षको लामो पर्खाइ पछि नयाँ जनप्रतिनिधि पाउन लागेको हो । यसको लागि अहिले देश नै निर्वाचनमय भएको छ ।

उक्त निर्वाचनका लागि सबै पार्टीका उम्मेदवारहरूले उम्मेद्वारी दिइसकेका छन् । उम्मेदवारी दर्ता गरे सँगै आफ्नो जित सुनिश्चता पार्नका लागि घर दैलोमा आफ्नो घोषणा पत्र लिएर पुगेका छन् । यस्तै आठराई त्रिवेणी गाउँपालिको उपाध्यक्षका लागि नेकपा एमालेको तर्फबाट शान्ता आङ्बुहाङले आफ्नो उम्मेदवार दर्ता गरी सकेकी छिन् । यो सँगै अहिले उनी आफ्नो जित सुनिश्चित गर्न विभिन्न कार्यक्रममा होमिएकी छिन्

राजनीतिक यात्रा
आङबुहाङलाई जनवादीको गीतले राजनीति यात्रामा तानेको हो । २०३४ साल मंसिर १४ गते बाबु दिलबहादुर र आमा हाङमिता लिम्बुको कोखबाट कान्छी सन्तानको रुपमा हाङपाङमा जन्मिएको आङबुहाङ जनवादी गीत गाएर नेकपा एमालेमा आएकी हुन् । २०४९ सालमा बाल कार्यक्रममा बाल गीत गाउँदा जनवादी गीत ‘देउमाई खोला बगेर गई गयो’ गीतबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेकी हुन् ।

२०५४ सामा साल क्षेत्रीय कमिटी हुँदै २०५५ सालमा अनेरास्ववियु जिल्ला कमिटीमा रहेर काम गरेको आङवुहाङ २०५५ अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष भएकी थिइन् । अनेरास्ववियु महिला विभाग मेची र केन्द्रीय महिला विभाग सदस्य सँगै २०५७ सालमा अनेरास्ववियुको ताप्लेजुङ जिल्ला अध्यक्ष भएकी थिइन् ।

उनले अखिल नेपाल महिला संघ ,जनसांस्कृतिक मञ्चको विभिन्न पदमा बसेर काम समेत गरी सकेकी छिन् । २०६१ साल नेकपा एमाले जिल्ला कमिटी सदस्यमा रहेर काम गरी सकेकी आङबुहाङ हाल पनि एमाले जिल्ला कमिटी सदस्य हुन् ।

सङ्घसंस्थाको अनुभव
पत्रकारिताबाट समाजसेवामा लागेका आङबुहाङ एमाले निकट प्रेस चौतारीको केन्द्रीय सदस्य समेत भइसकेकी हुन् । मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूहको संस्थापक सदस्य समेत भएकी आङबुहाङ महिला तथा बालअधिकार क्षेत्रमा समेत क्रियाशील रहेकी छिन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य भएकी आङबुहाङले उक्त पदबाट राजीनामा दिएर गाउँपालिकाको उपाध्यक्षका पदमा उम्मेदवारी दिएकी हुन् ।

भावी योजना
उनी एक महिला अधिकार कर्मि भएका कारण महिलाको आवाजलाई प्राथमिकता दिने बताएकी छिन् । उनी भन्छीन् ‘म आफैमा यस अघि एक महिला अधिकार कर्मि र सञ्चार कर्मि हो । त्यसैले विभिन्न कार्यक्रहरुमा हिड्दै जादा वा गाउँघरमा डुल्दै जादा धेरै महिला हिंसाका घटनाहरु भेटेकी छु र त्यसको न्यूनिकरण लागि पनि अघि सरेकी छु त्यसैले यसको अन्त्यका लागि पहल गर्ने छु ।’

यो सँगै गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँनका लागि शिक्षा, कृषि, स्वास्थ्य, यातायात, खेलकुद, विद्युत, सञ्चार, खाने पानि जस्तै धेरै विकासको योजना बनाएकी छिन् । सञ्चार माध्यमबाट जनचेतना फैलाउँदै गर्दा फेरी एक पठक जनप्रतिनिधिको हैसियतमा आफ्नो गाउँपालिकाको हितको निम्ति र यहाँका जनताको निम्ती केहि गर्न सोच आएकोले यो कदम चालेको उनी बताउँछिन् ।

महिला हितको कुराहरु धेरै गरिएको छ । तर अझै कार्यान्वन हुन सकेको छैन । यसलाई कागजमा मात्र नभई व्यावहारमा लागु गर्नु पर्नेमा जोड दिने उनि बताउँछन् । आफ्नै गाउँपालिकामा धेरै महिला हिंसा, करणीका घटनाहरु घट्ने गरेको भन्दै यसको अन्त्यका लागि कदम चाल्ने उनी बताउँछिन् । उनी भन्छीन, ‘यो भन्दै गर्दा मैले महिला हिंसालाई मात्र प्राथमिकता दिएका होइन् । समाज सुन्दर हुनका लागि धेरै कुरा आवश्यक हुन्छ जस्तै त्यहाँको रितिरिवाज, रहनसहन, शिक्षा, कृषि, स्वास्थ्य, यातायात, खेलकुद, विद्युत, सञ्चार, खाने पानि यस्ता करामा पनि ध्यान दिने छु ।’

२०७४ सालको अवस्था कस्तो
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार आठराई त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका विश्व नाथ सिटौला २२२७ मत ल्याई विजयी हासिल गरेका थिए ।

यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी मन्जु पौडलले जित हासिल गरेकी थिइन् । उनले २१८१ हत ल्याएकी थिइन् । यस्तै नेपाली काँग्रेसकी ममता सुब्बा आङ्बुहाङले २०३४ मत ल्याएकी थिइन् । नेकपा माओबादीकी मनु कुमारी मादेन लिम्बुले ५९० मत ल्याएकी थिइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका काली दास लिम्बुल १५२ मत ल्याएका थिए ।

उक्त निर्वाचनमा पालिकाको उपाध्यक्षमा नेकपा एमालेले नै जित हासिल गरे पनि यो पटकको निर्वाचनमा भने नेकपा एमालेलाई त्यति सजिलो छैन । यो पटक नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले गठबन्धन गरेको छ । यसैले यो पटक उपाध्यक्षका लागि आङबुहाङलाई निक्कै गाह्रो नै हुने छ । तर, खेलको मैदामा आइसकेपछि हार र जित अवश्य हुन्छ नै त्यसैले मैदानमा आइसकेपछि हार जित दुवैलाई स्विकार्नु पर्ने उनी बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961