गठबन्धनका तर्फबाट फक्ताङलुङ गाउँपालिकाको घोषणापत्र सार्वजनिक, स्वास्थ्य, शिक्षा,कृषि, जलविद्युत र पर्यटनलाई मुख्य प्राथमिकता

ताप्लेजुङ । गठबन्धनका तर्फबाट फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष पदका साझा उम्मेदवार राजन लिम्बु (मुक्ति)ले घोषणापत्र सार्वजनिक गरेका छन् । शनिबार उनले सामाजिक संजाल फेस्बुक मार्फत घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले गाउँपालिकामा बहु प्राविधिक शिक्षालय सञ्चालन गर्ने, पालिकामा २४ सै घण्टा एम्बुलेन्स सेवाको व्यवस्था गर्ने, पालिकाको केन्द्रसम्म तत्काल कालोपत्रे सडक निर्माण गरी राष्ट्रिय सञ्जालमा जोड्ने व्यवस्था मिलाइने लगायत स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन,पुर्वाधार लगायत विषयलाई मुख्य रुपमा समेटेका छन् ।

गठबन्धनको साझा उम्मेदवारको तर्फबाट जारी घोषणापत्र (पुर्ण पाठ)

१. शिक्षा : निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा:
क) गाउँपालिकामा एक बहु प्राविधिक शिक्षालय सञ्चालन गर्ने । प्रत्येक माविलाई प्राविधिक विषय सञ्चालनतर्फ उन्मुख गराइने छ ।
ख) विद्यालयमा आवश्यकता अनुसार भौतिक संरचनाहरु निर्माण गर्ने ।
ग) व्यवहारिक शिक्षा सञ्चालन गर्ने ।
घ) प्रत्येक सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने ।
ङ) पालिकामा रहेका सबै विद्यालयहरुमा भौतिक पूर्वाधार र सूचना प्रविधिसँग जोडिने व्यवस्था मिलाउने ।
च) दरबन्दी अनुसारको दक्ष कर्मचारीको व्यवस्था मिलाउने ।
छ) माध्यमिक विद्यालय तहको सबै विद्यालयमा एकजना स्टाफनर्सको व्यवस्था गरिने छ ।
ज) प्रत्येक विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यममार्फत पठनपाठनका लागि योजना बनाइने छ ।
झ) दिवा कक्षा खाजालाई थप व्यवस्थित गर्न विद्यालयहरुलाई अनुदानको व्यवस्था गरिने छ ।
ञ) मर्यादित तथा कर्तव्यनिष्ठ शिक्षक तथा कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिने छ ।
ट) प्रत्येक विद्यालयहरुमा स्थानीय भाषा शिक्षालाई व्यवस्थित गरी सञ्चालन गरिने छ ।

२. स्वास्थ्य : आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता :
क) पालिकामा २४ सै घण्टा एम्बुलेन्स सेवाको व्यवस्था गर्ने र तत्कालको लागि पालिका अध्यक्षले पाउने सवारी साधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गरी बिरामीलाई यथाशिघ्र सुविधा सम्पन्न अस्पतालमा पुर्याउन मद्दत गर्ने ।
ख) ५ वर्षभित्र सुविधा सम्पन्न १५ शैयाको अस्पताल निर्माण गर्ने ।
ग) एमबीबीएस, स्टाफ नर्स, एचए, एएनएम अध्ययनको लागि छात्रवृतिको व्यवस्था गर्ने ।
घ) निःशुल्क प्रसुति सेवाको व्यवस्था गर्ने ।
ङ) स्वास्थ्य इकाइहरुलाई व्यवस्थित गरी दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन गर्ने ।
च) निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने ।
छ) स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने ।

३. भौतिक पूर्वाधार, वातावरणमैत्री पूर्वाधार, दिगो विकासको आधार :
क) पालिकाको केन्द्रसम्म तत्काल कालोपत्रे सडक निर्माण गरी राष्ट्रिय सञ्जालमा जोड्ने व्यवस्था मिलाइनेछ ।
ख) सबै वडाका केन्द्रसम्म सबै मौषममा यातायात चल्न सक्ने सडकको निर्माण गरिनेछ ।
ग) तमोर नदीमा सिँवादेखि सावादिन, खेजेनिम जोड्ने मोटरेवल पुल, तापेथोकदेखि लेलेपको साँघु जोड्ने मोटरेवल पुल निर्माणको लागि यथाशक्य प्रक्रिया अगाडि बढाउने छ ।
घ) खोक्लिङ, सावादिन, खेजेनिम मामाङ्खे, इखाबु हुँदै लेलेप जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखी निर्माण कार्यलाई अघि बढाइने ।
विभिन्न स्थानमा खेल मैदानहरुको निर्माण गरिनेछ ।
ङ) खेजेनिम, सावादिनदेखि वाक्मा पोखरी हुँदै फुङ्फुङे झरना जाने मोटरबाटो निर्माणको प्रक्रिया अघि बढाइने छ ।
च) लेलेपको लावाजिनदेखि पापुङको तोक्पेगोला जोड्ने मोटर बाटो निर्माण गरिनेछ ।
छ) हेल्लोकदेखि याम्फुदिन जाने मोटर बाटोलाई पूर्णता दिइनेछ ।

ज) सबै वडाहरुमा सञ्चार सुविधा पु¥याउनको लागि पालिकामा रहेको मोबाइल टावरलाई थप व्यवस्थित गरी फोर जी बनाउन र लुवाडाँडामा तत्काल नयाँ मोबाइल टावर निर्माण गर्न सम्बन्धित सरोकारवालासँग विशेष पहल गरिने छ ।

४. पर्यटन तथा उद्योग :
क) पर्यटनको प्रतिफल गाउँगाउँमा पु्र्याउन नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गरिनेछ ।
ख) माङ छाँगालाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरिनेछ ।
ग) कञ्चनजङ्घा आधार शिविरसम्म पुग्ने पर्यटकीय पदमार्गको स्तरोन्नति गरिने छ ।
घ) ओलाङ्चुङगोलाबाट लुम्बासुम्बा पास गरेर संङ्खुवासभा निस्किने (ग्रेट हिमालयन ट्रेल) पदमार्गको स्तरोन्नति गरिने छ ।
ङ) प्रसिद्ध धार्मिक स्थलहरु पाथीभरा÷मुक्कुमलुङ, मानाभरा, फक्ताङलुङ, तागेरा, दिकी छ्योलिङ गुम्बा, टासी छ्योलिङ गुम्बा, चर्च, माङहिम, यूमा साम्यो मुन्धुम हिम आदिको संरक्षण तथा व्यवस्थापनमा जोड दिँदै आवश्यक पूर्वाधारहरुको निर्माण गरिनेछ ।
च) हेल्लोकदेखि यासाङ हुँदै तोरङदेन जाने पर्यटकीय पदमार्गमा आवश्यक पूर्वाधारहरु निर्माण गरिनेछ ।
छ) ग्याब्लादेखि हाँस पोखरी डाँडा हँुदै ओलाङचुङगोला जाने पर्यटकीय पदमार्गको मर्मत सम्भार गरिने छ ।
ज) होमस्टे लगायत पर्यटनमैत्री वस्तु उत्पादन गरी आय आर्जनमा टेवा पु¥याइनेछ ।
झ) पालिका अन्तर्गतका पर्यटकीय मार्गहरुमा व्यवस्थित शौचालय, खानेपानी तथा फोहोरहरुको उचित व्यवस्थापन गरिनेछ ।
ञ) कुक, गाइड, हिमाल आरोहण सम्बन्धी तालिमहरु सञ्चालन गरिनेछ ।
ट) ओलाङचुङगोला, घुन्सा, तापेथोकमा संग्रहालयको निर्माण गरिनेछ ।
ठ) सिङजेमा ताल दर्शन गर्ने तीर्थयात्रीहरुलाई आवासको लागि भवन निर्माण गरिनेछ साथै अन्य ताल तलैयाहरुको अध्ययन, अनुसन्धान गरी प्रचारप्रसार गरिनेछ ।
ड) तिपतला भञ्ज्याङ नाकामा पर्यटकहरुलाई आवास गृह निर्माण गरिनेछ ।
ढ) स्थानीय संस्कार, संस्कृतिहरुको संरक्षण तथा प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
ण) पर्यटन प्रवद्र्धन गर्न पालिकास्तरमा वार्षिक रुपमा महोत्सव आयोजना गरिने छ ।

५. कृषि :अर्थतन्त्रको प्रमुख आधार, कृषिमा आमुल सुधार
क) कृषिको आधुनिकीकरणसहित रुपान्तरणको लागि भूमिको उचित व्यवस्थापन, सिँचाइको उचित व्यवस्थापन, कृषिको यान्त्रिकीकरण र व्यवसायीकरण, साना तथा मझौला कृषकहरुको सहकारी संगठन र समूहहरुको निर्माण, ठूलो परिमाणको उत्पादनसहित मूल्य अभिवृद्धि श्रृङखलामा जोड दिइनेछ ।
ख) कुषि उपजको समर्थन मूल्य तोकिनेछ ।
ग) पालिकामा शित भण्डार, संकलन तथा प्रशोधन केन्द्र र कृषि बजारको व्यवस्था गरिनेछ ।
घ) याङमा, घुन्सा र फलेमा आलु उत्पादनको पकेट क्षेत्र बनाइनेछ ।
ङ) सावादिन, खेजेनिम, लिङखिम क्षेत्रमा सुन्तला, कागती, ओखर खेतीलाई प्रोत्साहन दिइनेछ ।
च) कृषि पेशामा संलग्न प्रत्येक कृषकहरुलाई किसान परिचयपत्र प्रदान गरी कृषक पेन्सनको व्यवस्था मिलाइनेछ ।
छ) कृषिमा आमूल रुपान्तरणको लागि सहुलियत ऋण र अनुदानको व्यवस्था मिलाइनेछ ।
ज) कृषि सम्बन्धी व्यवसायिक तालिम, प्रविधि, प्राविधिक जनशक्ति र बजारीकरणमा आवश्यक सहुलियतको व्यवस्था गरिनेछ ।
झ) हाल विद्यमान समस्याको रुपमा रहेको जग्गा हदबन्दीको मुद्दालाई सम्बोधनको लागि सम्बन्धित निकायमा पहल गर्ने र दर्ता गर्न छुट भएको जग्गाको धनीपुर्जा यथाशिघ्र उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने ।
ञ) अलैँची उत्पादनमा आधुनिकीकरण, प्रशोधन र बजारीकरणको व्यवस्थापन गर्दै सुधारिएको भट्टी, कीटनाशक औषधि, सिँचाइ आदिको व्यवस्थापन गरिनेछ ।

६. जलस्रोत : फक्ताङलुङको पानी, फक्ताङलुङबासीकै लगानी
क) केन्द्रीय प्रसारण लाइनलाई चाँडो भन्दा चाँडो सबै वडाहरुमा विस्तार गरिनेछ ।
ख) फक्ताङलुङको पानी फक्ताङलुङबासीकै लगानी भन्ने मूल मान्यताका साथ गाउँपालिकाभित्र निर्माण भइरहेको जलविद्युत आयोजनाहरुमा फक्ताङलुङबासीलाई प्रत्यक्ष सामेल गराई उक्त आयोजनाबाट बिक्री गरिने शेयरमा प्रत्येक परिवारलाई ५० प्रतिशत शेयर खरिद गरी सहयोग गरिनेछ ।
ग) पर्यटकीय क्षेत्रलाई मध्यनजर गर्दै ग्याब्ला, याङमा, खाम्बाचेन, लोनाक क्षेत्रमा लघु जलविद्युत निर्माण गर्ने र हाल सञ्चालनमा रहेको लघु जलविद्युतहरुलाई आवश्यकता अनुसार मर्मत सम्भारको व्यवस्था गर्ने ।
घ) हाल निर्माणाधीन अवस्थामा रहेको थाक्पाखोला लघु जलविद्युत योजनालाई २०७९ सालभित्रै सम्पन्न गराइनेछ ।
७. सिँचाइ तथा खानेपानी :
क) पानीको मुहानहरुको संरक्षण गरी आवश्यकता अनुसार स्वच्छ खानेपानीको प्रबन्ध गरिनेछ ।
ख) सुख्खाग्रस्त क्षेत्रहरुमा सिँचाइ तथा खानेपानीको लागि लिफ्टिङ सिँचाइ आयोजना सञ्चालन गरिनेछ ।
ग) कृषि उत्पादन क्षेत्रहरुमा सिँचाइको व्यवस्था गरिनेछ ।
घ) पशुपालकहरुलाई सुविधाको लागि विभिन्न खर्कहरुमा खानेपानीको व्यवस्थापन गरिनेछ ।
ङ) नदी किनारहरुमा तटबन्ध गरी व्यवस्थित गरिने छ ।

. वन तथा जैविक विविधता : समृद्धिका लागि वन कार्यक्रम
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदसँग समन्वय गरी जैविक विविधता संरक्षणमा निम्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
क) गैरकाष्ठ वन पैदावरमा आधारित उद्यमशीलताको विकासको लागि वन कार्यक्रम सञ्चालन गरिनेछ ।
ख) पालिकामा न्युनतम् एउटा काष्ठ, गैरकाष्ठ वा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ ।
ग) जलवायु परिवर्तन अनुकुलन योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
घ) वनरहित क्षेत्रहरुमा वृक्षारोपणको विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
ङ) प्रदूषण नियन्त्रण, हरियाली प्रवद्र्धन र फोहोरमैला व्यवस्थापनको लागि स्वच्छ वातावरण अभियान पालिकामा सञ्चालन गरिनेछ ।
च) वन सम्पदा लगायत प्राकृतिक स्रोत साधनमाथि समुदायको अग्र अधिकारलाई सुनिश्चित गरिनेछ ।
छ) सामुदायिक वन उपभोक्ता समूहहरुलाई थप सवलीकरण गरिनेछ ।

. उद्यमशीलता विकास, रोजगारीको विस्तार :

क) पालिकामा बेरोजगारहरुको सुची तयार गरी रोजगार लक्षित उत्पादन कार्यक्रमहरु शुरुवात गरिनेछ । यसका साथै सीपमुलक तालिम, परियोजना वा प्रमाणपत्र धितो राखी सहुलियत ऋणको व्यवस्थाको लागि स्थानीय तहले सहजीकरण गर्दै उत्पादन वृद्धि र बजारीकरणको निम्ति प्रोत्साहित गरिनेछ ।
ख) कृषि, वन, खनिज पदार्थ लगायतको क्षेत्रसँग सम्बन्धित स्रोत साधनको उचित सदुपयोग गर्दै साना, मझौला उद्यम व्यवसायद्वारा रोजगारीको अवसरहरु सिर्जना गरिनेछ । यसका लागि टोलटोलमा सहकारी घरघरमा रोजगारीको व्यवस्था गरिनेछ ।
घ) एक टोल एक उद्यम, एक टोल एक उत्पादन गरी बेरोजगारीको अन्त्य तथा गरीबी निवारण कार्यक्रम लागु गरिनेछ ।

१०. खेलकुद :
क) राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने राष्ट्रिय नारालाई आत्मासाथ गर्दै पालिकाका सबै वडाहरुमा खेल मैदानको निर्माण गरिने छ ।
ख) पालिकामा एउटा सुुविधा सम्पन्न रंगशाला र एउटा कबर्ड हल निर्माण गरिने छ ।
ग) विभिन्न खेलकुदका विद्याहरुमा खेलाडी उत्पादन गर्न राष्ट्रिय स्तरका प्रशिक्षकहरु ल्याई तालिमको व्यवस्था गरिने छ ।

११) ज्येष्ठ नागरिक, महिला, बालबालिका, अशक्त-अपाङ्ग एवं एकल महिला :
क) आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक लगायत समग्र विकासको मूल प्रवाहबाट पछि परेका र कतिपय सन्दर्भमा पछि पारिएका ज्येष्ठ नागरिक, महिला, बालबालिका, अशक्त÷अपाङ्ग एवं एकल महिला लगायत पिछडिएको वर्ग समुदायलाई विकासको मुल प्रवाहमा समाहित गर्न र सशक्तिकरण तथा आय आर्जनका कार्यक्रममार्फत उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सम्बन्धित सरोकारवालासँग समन्वय र सहकार्य गर्दै उनीहरुको आत्मसम्मान हुने विशेष कार्यक्रमहरु सञ्चालन गरिने छ ।
ख) नेपाल सरकारले ७० वर्ष पुरा भएकोलाई मात्र वृद्ध भत्ताको व्यवस्था गरेको हुँदा यस पालिकामा बसोबास गर्ने ६० वर्ष पुरा भई ७० वर्ष ननाघेको व्यक्तिलाई मासिक एक हजारको दरले प्रोत्साहन स्वरुप उपलब्ध गराइने छ ।
ग) गाउँपालिकामा एउटा सुविधा सम्पन्न वृद्धा आश्रम निर्माण गरी सञ्चालन गरिने छ ।
घ) विभिन्न आन्दोलनमा आफ्नो अमूल्य जीवनको प्राण आहुती दिने महान शहीदहरुलाई उच्च सम्मान गर्दै शहीद परिवारजनहरु, घाइते तथा अपाङ्गहरुलाई उच्च प्राथमिकतामा राख्दै विशेष सहयोग गरिने छ ।

अन्त्यमा पालिका अध्यक्षमा निर्वाचित भएपश्चात नेपाल सरकारबाट पालिका अध्यक्षले पाउने सम्पूर्ण सेवा, सुविधाहरु फक्ताङलुङबासीको हितमा प्रयोग गर्नेछु र हाल गाउँपालिकाको मातहतमा रहेको गाडीलाई तत्काल एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउने व्यहोरासमेत यसै घोषणापत्रमार्फत प्रतिवद्धता जाहेर गर्दछु ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961