ज्याकलिनको ७.१२ करोड सम्पत्ति जफत

जेन्सी – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत गरिएको छ । भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार ज्याकलिनको नाममा रहेको ७.१२ करोड बराबरको सम्पत्ति जफत गरिएको हो । 

पछिल्लो खबरअनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको छ ।

उक्त सम्पत्तिमध्ये ५.७१ करोड भारु चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिएको ठानिएको छ । साथै, चन्द्रशेखरले ज्याकलिनको परिवारलाई १ लाख ७३ हजार अमेरिकी डलरदेखि २७ हजार डलरसम्म रकम दिएको अनुमान गरिएको छ । 

यसअघि ईडीसँगको बयानमा सुकेशले ज्याकलिनलाई गुसी च्यानलमार्फत १५ जोडी इयररिङ, मूल्यवान ब्याग र अन्य विलासी सामग्री गिफ्ट दिएको बताएका थिए । साथै, सात करोड बराबरको गहना र एस्पुला नामक घोडा पनि उपहार दिएको सुकेशले बताएका थिए ।

अमेरिकामा बसोबास गर्दै आएकी ज्याकलिनकी बहिनीलाई पनि सुकेशले १ लाख ५० हजार अमेरिकी डलर ऋण समेत दिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961