मेयर उम्मेदवार प्याकुरेलको घोषण पत्र : अधुरा काम पुरा गर्दै फुङलिङलाई नयाँ रूपबाट विकास गरिने 

गंगा लिङखिम

ताप्लेजुङ । नेकपा एमाले फुङलिङ नगरपालिकाको मेयर पदको उम्मेदवार छत्रपती प्याकुरेलले घोषण पत्र सार्वजनिक गरेका छन् । 

ताप्लेजुङको नेपाल पत्रकार महासङ्घको कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ता साथै पत्रकारहरूको संयुक्त उपस्थितिमा मेयरका उम्मेदवार प्याकुरेलले विभिन्न प्रतिबद्धताका साथ उक्त घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा जनताको अमूल्य मत प्राप्त गरी मेयर पदमा विजय भएका प्याकुरेलले कयौं कामहरू गरेता पनि केही अधुरा काम पुरा गर्न र पार्टीले पुन जिम्मेवारी दिएकाले फेरी चुनावी मैदानमा आएका हुन् । 

उम्मेदवार प्याकुरेलले आगामी ५ वर्षमा फुङलिङ नगरपालिकालाई नयाँ रूपबाट विकासका प्रकियालाई अगाडि बढाउने प्रतिवद्धता जाहेर गरेका छन् । सार्वजनिक घोषणा पत्रमा नगरको समृद्धि र विकासको प्रमुख आधार शिक्षा, स्वास्थ्य, कृषि पशुपालन, पर्यटन जलस्रोतलाई मुख्य प्राथमिकतामा राखिएको छ । 

यस्तै विभिन्न विद्यालयमा बालिका मैत्री शौचालय स्यानिटरी प्याट र डेन्टिङ मेसिनको व्यवस्था गर्ने गरिने जनाइएको छ । प्रत्येक नगरबासिलाई स्वास्थ्य बिमा गराउने, फोहोर मैला व्यवस्थापन र सरसफाइ को लागि स्वच्छ सफा सुन्दर हरियाली फुङलिङ नगर बनाउले प्रतिवद्धता अघि सारिएको छ । 

‘फोहोर फाली कमाउ मोहर’ जस्ता नारा सहित व्यवस्थापन गर्ने पनि बताइएको छ । विद्युतीयकरण, आधुनिक उर्जा, सडक तथा यातायात आवास व्याव्यस्था, सरकारी क्षेत्रको विकास, भूमि व्यवस्थापन सहकारी विकास र वस्ती विकासलाई अघि सारिएको छ ।

यस्तै आगामी ५ वर्ष भित्र सुकुम्बासी मुक्त नगर घोषण गरी पर्यटन पूर्वाधार विकास तथा प्रर्वद्धन, खेलकुदको लागि निर्माणधीन फुनपा २ को रङ्गशालालाई चाँडै सम्पन्न गर्ने उल्लेख गरिएको छ । 

महिला समानता र सशक्तीकरण, गरीबी निवारण तथा रोजगारी सिर्जना, वृक्ष रोपण गरी हरियाली नगर विकास, कर छली लाई नियन्त्रण गरी स्थानीय अभिलेख व्यवस्थापन गरिने छ । सूचना तथा सन्चार प्रणाली सँगै फुङलिङ नगरपालिकाका सबै वडाहरु सम्म १२ महिने यातायात सञ्चालन हुने गरी सडकलाई स्तरोन्नति गरिने छ । 

शेर्पा टोल, मित्लुङ हुँदै तमोर करिडोरलाई कालोपत्रे, साथै अन्य मोटरबाटो लाई स्तरोन्नति गरिने प्रतिबद्धता अघि सारेका छन् । 

२०७४ साललाई फर्केर हेर्दा
२०७४ सालको स्थानीय निर्वाचनमा फुङलिङ नगरपालिकाको मेयर पदमा प्याकुरेलले नै विजय हासिल गरेका थिए । उनले जम्मा ३८९५ मत लाई विजयी हासिल गरेका हुन् । यस्तै नेपाली कांग्रेसका केशव प्रसाद दाहालले ३६०६ मत ल्याएका थिए ।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका किर्ती मान मादेनले ७८८ मत ल्याएका थिए भने, स्वतन्त्र उम्मेदवार खगेन्द्र पर्तेलले १० मत पाएका थिए । यो पटको निर्वाचनमा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको हुनाले प्यकुरेललाई थप चुनौती भएको छ । 

गएको निर्वाचनमा उनले नेपाली कांग्रेस भन्दा २८९ मतको मात्र अन्तर रहेको छ । यो सँगै यो पटक गठबन्धन गरिएकोले प्याकुरेललाई गाह्रो नै पर्ने देखिएको छ । 
 
 


प्रतिक्रिया दिनुहोस्