राप्रपा ताप्लेजुङको घोषण पत्र सार्वजनिक 

गंगा लिङखिम

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ताप्लेजुङ जिल्लाका उम्मेदवारहरूले आफ्नो घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम जारी रहेको छ । यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषण पत्र सार्वजनिक गरिएको छ ।

घोषणा पत्र पार्टीका तर्फबाट फुङलिङ नगरपालिकाको उप मेयरमा उम्मेदवार दिएकी निर्मला इजम (थापा) ले सार्वजनिक गरेकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यालयमा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको संयुक्त उपस्थितमा उक्त घोषण पत्र सार्वजनिक गरिएको हो । उनले पत्रकार सम्मेलनमा ‘भ्रष्टाचार मुलुकको महा रोग हो यसलाई निर्मूल पार्नै पर्छ’ भनेकी थिइन् ।

सार्वजनिक घोषणा पत्रमा ‘हामी भ्रष्टाचार गर्दैनौ गर्न पनि दिदैनौ’ भन्ने मूल मन्त्रका साथ चुनावी मैदानमा उत्रिएको उल्लेख गरिएको छ । यस्तै राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सर हो’ भन्ने मूल नारालाई जनताले आत्मा साथ गरेको महसुस आफूहरूले गरेको पनि जनाइएको छ । 

कुनै पनि पेशा तथा व्यवसाय नभएकोले जनतालाई अनावश्यक कर असुल गरी आफूले सेवा लिन पनि भ्रष्टाचार जन्य अपराध रहेको बताइएको छ । यसलाई निर्मूल पर्ने उक्त घोषणा पत्रमा प्रतिवद्धता जाहेर गरिएको छ । 

निर्वाचित भएको खण्डमा सरकारले प्रदान गर्ने कुनैपनि तलब भत्ता सेवा सुविधा नलिई स्थानीय जनताको राय सल्ला बमोजिम कोष खडा गरी जनताको सेवा गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । 

यस्तै स्वस्थ, शिक्षा, दैविक प्रकोपलाई पनि घोषणा पत्रमा समावेश गरिएको छ । अपाङ्ग तथा असहाय गरीब विपन्न बालबालिका तथा सुत्केरी महिला उत्पीडितहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ । 

साथै खेलकुद तथा मठ मन्दिर लगायतमा खर्च गर्ने संकल्प रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ । 

२०६४ सालको निर्वाचनलाई फर्केर हेर्दा 
२०६४ सालको स्थानीय तहको निर्वाचनमा फुङलिङ नगरपालिकाको उप मेयर पदमा नेकपा माओवादी केन्द्रका बम बहादुर भट्टराईले विजय हासिल गरेका थिएन । उनले ३१२९ मत ल्याइ विजय हासिल गरेका हुन् । 

यस्तै नेकपा एमालेकी विमला सेनेहाङले २९१५ मत ल्याएकी थिइन् भने नयाँ शक्तिका कृष्ण बहादुर शंखरले ४८ मत ल्याएका थिए । उक्त निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबट अमिर मादेन उम्मेदवार भएका थिए । 

उनले १३७५ मत ल्याएका थिए । तर, यो पटको निर्वाचनमा भने उनी नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाको मेयरमा उम्मेदवार भएका छन् । यस्तै आगामी निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनको तर्फबाट उप मेयरका पदका लागि यस अघिको निर्वाचनमा विजय हासिल गरेका तारा भट्टराईलाई नै मैदानमा अघि सारिएको छ । 

यस्तै नेकपा एमालेको तर्फबाट भिमा देवी आझालाई अघि सारिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार भएकी हुन् । 


प्रतिक्रिया दिनुहोस्