स्वार्थ र पोजिसनको लागि राजनीतिमा आएको होइन : श्वेता खड्का

काठमाडौं । ‘कोहिनुर’ फेम्ड अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।

आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले श्वेतासहित अभिनेता भुवन केसी र रविन्द्र खड्कालाई पार्टी प्रवेश गराएका छन् ।

खड्काले अबदेखि आफू सक्रिय राजनीतिमा लाग्ने बताएकी छन् । समाजसेवा, फिल्म र व्यापारलाई सँगै अघि बढाउने जनाउँदै उनले कांग्रेसमार्फत महिलाका अधिकार उठाउने प्रतिबद्धता जनाएकी छन् ।

कलाकारलाई राजनीतिको ज्ञान हुनुपर्ने आवश्यकता औंल्याउँदै उनी स्वार्थ र पोजिसनको लागि राजनीतिमा नआएको दाबी गर्छिन् ।


प्रतिक्रिया दिनुहोस्