गठबन्धन र उम्मेदवार नभएको स्थानमा एमालेविरुद्ध मतदान गर्न नेकपा एसको कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन नभएको र आफ्नो पार्टीको एकल उम्मेदवार पनि नभएका स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

अध्यक्ष माधवकुमा नेपालको अध्यक्षतामा मंगलबार साँझ बसेको सचिवालय बैठकले नेकपा एससँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा ‘दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने’ निर्णय गरेको महासचिव डा। बेदुराम भुसालले विज्ञप्तिमार्फत जनाएका छन् ।

नेकपा एसले एमालेको नाम नलिइ गठबन्धनमा आफूहरु नभएका ठाउँमा पनि उसका विरुद्ध मतदान नगर्न भनेको हो । बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अझै पनि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्