फिल्म र राजनीतिलाई सँगै अघि बढाउने छु : भुवन केसी

काठमाडौं । अभिनेता भुवन केसी सत्तारुढ दल नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

मंगलबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराका हुन् ।

दुई साताअघिसम्म स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरको उम्मेदवार बन्ने कुराले चर्चामा रहेका केसी कांग्रेस प्रवेश गरेका हुन् ।

फिल्म र राजनीतिलाई सँगै अघि बढाउने बताएका उनले छन् । पदका लागि आफू कांग्रेस प्रवेश गरेको भन्ने आलोचनाको खण्डन गर्दै केसीले सरकारले जिम्मा दिए चलचित्र विकास बोर्डको नेतृत्व हाँक्ने समेत बताए ।


प्रतिक्रिया दिनुहोस्