जगन्नाथ पौडेलको अडान कायम : रामचन्द्र पौडेलको प्रस्ताव पनि अस्विकार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनी बसेको भरतपुरको एक होटलमा पुगेका उनले उम्मेदवारी फिर्ता नलिने अडान राखेका हुन् ।

वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई भेटेका थिए ।

उनले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । बागी उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न रामचन्द्र पौडेलले आग्रह गरेका थिए । तर उनले आफ्नो अडान कायम नै राखेका हुन् ।


प्रतिक्रिया दिनुहोस्