पालिका जिते पाउने सेवा सुविधा गाउँबासीको हितमा प्रयोग गर्ने लिम्बूको घोषणा

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नम्बर ४ ईखाबुमा जन्मिएका राजन लिम्बु (मुक्ति) गाउँपालिकाबासीका लागि मात्रै नभई समग्र जिल्लाबासीका लागि चिरपरिचित नाम हो । सुन्दर भविष्यको सपना बोकेर सिंगापुर पुलिसमा जागिर सुरु गरेका लिम्बु २७ वर्षसम्म जागिर अवधि भएपनि १५ वर्षमा नै अवकास लिएर गाउँ विकास गर्ने सपना सहित स्वदेश फर्के । गाउँ फर्किएर गाउँपालिकाबासीको समस्यामा सहयोगी बन्न थाले । विद्यालयमा न्यानो कपडा वितरण गर्न होस या आर्थिक अवस्था कमजोर भएका विधार्थीलाई सहयोग गर्न होस उनि लागि परि रहे । गाउँमा मर्दा होस या पर्दा उनि अग्र पंक्तिमा देखिन थाले ।संघ र प्रदेश सरकारको सहयोगमा सोहि गा.पा.को शेवालुङ मा.वि.मा आईसिटी ल्याब र लाईबेरी स्थापना गर्न होस या संचारको लागि सहज बनाउन पालिकामा केहि स्थानमा टावर राख्ने काममा उनको पहल कदमी रह्यो ।

स्वदेश आए लगत्तै ताप्लेजुङबासीको हितका निम्ति ताप्लेजुङ युवा समाज काठमाडौको संस्थापक अध्यक्ष भएर उनले कोरोना महामारीको समयमा काठमाडौंमा समस्यामा परेका ताप्लेजुङबासीको लागि सहयोग गर्न उनि अग्रसर भएर लागे ।
गाउँबासिको दुःख पिडाको सारथी बनेर नै बालक,वृद्ध र युवा सबै माझ प्रिय मानिन्छन् । गाउँबासीको समस्याको निकास र गाउँपालिकाको विकासका निम्ति उनि निरन्तर रुपमा लागि रहे । उनमा न कुनै स्वार्थ देखिन्छ न कुनै सेवा सुविधा लिएर आफु मात्रै सहज जिवन बिताउ भन्ने चाहाना छ । छ त केवल उनको एउटै चाहाना गाउँपालिकालाई समृद्ध बनाउने साथै स्थानियको समस्यामा सारथी बन्ने । उनि भन्छन्, ‘म लिन आएको हैन दिन आएको हुँ । लिन आउने भए सुविधा सम्पन्न ठाउँ र भने जस्तै तलव छोडेर गाउँ फर्कीने थिईन । मेरा साथीसँगै सिंगापुर मै हुन्थे । विदेशी भुमिमा आफुले देखेको सिकेको ज्ञान र अनुभवलाई प्रयोग गरेर आफ्नो गाउँ बनाउने सपना र योजना बोकेर गाउँ फर्किएको हुँ ।’
साथै उनले पालिका अध्यक्ष भए पश्चात पाउने सेवा सुविधा नलिई गाउँबासीको हितमा प्रयोग गर्ने साथै हाल गाउँपालिकाको मातहतमा रहेको गाडीलाई तत्काल एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउने घोषणापत्रमार्फत प्रतिवद्धता जाहेर गरेका छन् ।
क्षेत्रफलको हिसाबमा ताप्लेजुङको सबै भन्दा ठुलो र नेपालको तेस्रो ठुलो फत्ताङलुङ गाउँपालिका भौगोलिक रुपमा एकदम विकट गाउँपालिका हो । हाल तमोर करिडोर अन्तरगत गाउँपालिकाको केन्द्र तापेथोकसम्म कच्चि सडक पुगेपनि स्वास्थ्य, शिक्षा, पुर्वाधार र संचार सुविधा आदी सबै हिसाबले विकास हुन सकेको छैन । यी सबै कुरामा जानकार लिम्बु समग्र गाउँपालिकाको विकासका निम्ति उम्मेदवारी दिएको बताउँछन् । उनि भन्छन्,“ मैले गाउँ घुमे बिरामी भएर अकाल मै ज्यान गुमाएको देखे, अझै बालबालिका शिक्षाको पहुँच बाहिर रहेको भेँटे,गाउँपालिका सुचना र संचारको पहुँच बाहिर देखे । त्यहि भएर गाउँपालिकाको विकास गर्नका लागि उम्मेदवारी दिएको हुँ ।”

यो गाउँपालिका जलविद्युत,कषि र पर्यटनको प्रचुर सम्भावना बोकेको पालिका हो । चिनसँग सिमा जोडिएको यस पालिकामा नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो कञ्चनजङघा हिमाल पनि अवस्थित छ । त्यसो त उनले फत्ताङलुङ गाउँपालिकाको सम्भावना र समस्याको विषयमा गहन अध्ययन गरेर योजना तथा कार्यक्रमहरु समेटेका घोषणापत्रमा समेटेका छन् । “कृषि, जलविद्युत, जडीबुटी र पर्यटन ! समृद्ध फक्ताङ्लुङ निर्माण हाम्रो अभियान !!” नारालाई अघि सारेका छन् । साथै उनले आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता, निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा, फक्ताङलुङको पानी फक्ताङलुङबासीकै लगानी, भौतिक पूर्वाधार वातावरणमैत्री पूर्वाधार दिगो विकासको आधार ,समृद्धिका लागि वन कार्यक्रम, अर्थतन्त्रको प्रमुख आधार कृषिमा आमुल सुधार लगायतका जनमुखि कार्यक्रमलाई घोषणपत्रमा समेटेका छन् ।

सिंगापुरमा रहँदा देखि नैे लिम्वुवान राष्ट्रिय मुत्ति मोर्चामा रहेर राजनीति सुरु गरेका उनि स्वदेश आए पश्चात ताप्लेजुङ काठमाडौं गणतान्त्रिक मञ्चको कोषाध्यक्ष,वाईसिएल नेपाल गैर भुगोल प्रदेश एक समन्वय समितिको अध्यक्ष, वाईसिएल नेपालको ताप्लेजुङ जिल्ला ईन्चाज, नेकपा बनेपछि राष्ट्रिय युवा संघ नेपालको ताप्लेजुङ सहईन्चाज सँगै नेकपाको जिल्ला कमिटि सदस्य भएर काम गरे । पार्टी फुटेपछि फेरी वाईसियल जिल्ला ईन्चाज र त्यसपछि पुन वाईसिएल नेपालको को दोस्रो पटक केन्द्रिय सदस्यमा निर्वाचित भए । साथै माओवादी केन्द्रको गत मंसिर ११ मा भएको देशव्यापी पालिका सम्मेलनमा उनि फत्ताङलुङ गा.पा. अध्यक्ष रहेर काम गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961