वडा अध्यक्ष हुँदा सबैको मनमा बस्न सफल लामा गाउँपालिका उपाध्यक्षको उम्मेदवार

ताप्लेजुङ । गणतन्त्रको स्थापना पछि पहिलो पटक स्थानीय तहको निर्वाचन २०७४ मा भयो । नेताहरु आ–आफ्नो योजना र प्रतिपद्धता बोकेर चुनावमा होमिए । आफ्नोे आफ्नो क्षमता अनुसार जिते पनि । संघीयताको पहिलो अभ्यास भएकोले जनप्रतिनीधिलाई काम गर्न सकस भयो । गर्न सक्नेसम्म पनि गरेनन् ।

भ्रष्टचारले,अनियमितताले चरम सिमा नाघ्यो । चौतर्फी रुपमा जनप्रतिनीधिको आलोचना भयो । तर केहि जनप्रतिनीधिले सोचे भन्दा धेरै र जनमुखी काम गरे । समस्या र चुनौतीका बाबजुद पनि निरन्तर लागि रहे । ती नै सच्चा जनप्रतिनीधि मध्येका एक हुन मिक्वाखोला गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष डण्डु लामा । वडा अध्यक्ष भएपछि उनि कुर्सीमा मात्रै बसि रहेनन् । स्थानीयको दुःख सुखको सारथी बने । कोभिडको बेलामा होस या अन्य समय उनि वडाबासीको समस्या समाधानका निम्ति निरन्तर लागे ।

वडाकोे बजेटले मात्रै होईन उनको आफ्नो तलव समेत वडबासीको हितका निम्ति खर्च गरे । जाडोको समयमा काठमाडौंबाट आफ्नै लागतमा कमल किनेर घर घरसम्म पु¥याए । कोभिडको समयमाा वडाबासी सदरमुकाममा डेरा बस्नेहरुलाई समेत खोजी खोजी सहयोग गरे । कहिल्यै हिउमा फसेका स्थानीयलाई उद्धार गर्न हेलिकप्टर लिएर जंगल पुगे त कहिल्यै बिरामी बोकेर अस्पतालसम्म पुगे ।

उनि स्थानीयको दुःखको अवस्थमा होस या सुखको अवस्थामा सारथी बने । वडाबासीले मात्रै नभई लामाले गरेको कामले देशैभर चर्चा पायो । उनले एक ज्येष्ठ आमालाई बिरामी हुँदा सलको नाम्लोमा पिँठयूमा बोकेर अस्पताल लगेको तस्विरको साराले प्रचार गरे । उनलाई चिन्ने मात्रै नभई नचिन्नेको मुखबाट पनि जनप्रतिनीधि होस त डण्डु लामा जस्तो भन्ने सुन्ने गरिन्थ्यो । स्थानिय पेमाटाँसी शेर्पाले भने,“ज्याकेट दिुभयो, टोपी दिनु भयो,आलुको बिउ दिनु भयो सिरक दिनुभयो हरेक समस्यामा सहयोग गर्नु हुन्छ हामीले चाहे जस्तै अध्यक्ष पाएका छौ ।”

उनको सामान्य जीवन शैली सरल व्यवहार र मिजासिलोपन साथै सहयोगी भावनाले स्थानीयको मन मनमा बस्न सफल रहे । वडाबासीको हितमा काम गरेर प्रशंसा र चर्चा कमाएका लामा आगामी वैशाख ३० मा हुन गई रहेको स्थानीय तहको निर्वाचनमा गठबन्धन तर्फबाट मिक्वाखोला गाउँपालिका उपाध्यक्षका साझा उम्मेदवार हुन् । वडा अध्यक्ष भएर काम गरिसकेकोले अब समग्र गाउँपालिकाको हितका निम्ति काम गर्ने उद्देश्यले उपाध्यक्षमा उम्मेदवारी दिएको बताउँछन् ।
उनले भने,“ वडा अध्यक्ष भएर पाँच वर्षसम्म जनताका समस्या र समाधानको पाटो बारे जानकार भए । काम गर्ने तरिका बारे जानकारी लिए । त्यहि भएर वडामा मात्रैै नभई अब समग्र गाउँपालिकाको विकासका निम्ति उम्मेदवार दिएको हु ।” मिक्वाखोला गाउँपालिकालाई कृषि,जलविद्युत र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर समृद्ध पालिका बनाउने योजना रहेको लामाले बताए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961