चुुनावको दिन सार्वजनिक सवारी चलाउन नपाइने

काठमाडौं । आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन विनापास सवारीसाधन चलाउन नपाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार चुनावका दिन विनापास सवारीसाधन चलाउन पाइने छैन । कामविशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रुपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ ।

आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवाजस्ता अत्याश्यक सेवा र कूटनीतिक नियोगको सवारी साधनले अनुमतिपत्र लिनुपर्दैन ।

आयोगले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ ।

शारीरिक अपांगता भएका व्यक्तिहरुका लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारीपास दिनुपर्नेछ । अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एकजना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्