सिनामलाई परिवर्तन खाँचो

बिरेन्द्र श्रेष्ठ

ताप्लेजुङ । लोकतान्त्रिक मुलुकको हकमा कुनै एक व्यक्ति, समुह वा पार्टीले बढीमा दूई कार्यकाल भन्दा अधिक साशन गर्नु नहुने विश्वका सम्भ्रान्त मुलुक को ईतिहास र चलन हामी सामु छर्लङ्ग छ । जति सुकै राम्रो काम गरे पनि अमेरिकामा भएका दूई पार्टी मध्ये एकले बढीमा दूई कार्यकालको लागी जनताले अभिमत प्रकट गर्छन्, त्यस्ले ति पार्टीहरु बीच मुलुकको सुशासन र समृद्धि मा प्रतिस्पर्धा हुन्छ र जनताको आकांक्षा पूर्ति हुने सरल सिद्धात पनि यहि हो ।

ताप्लेजुङ जिल्लाको सिरीजंघा १ सिनाममा प्रजातन्त्र बहाली पश्चात गाबिस अध्क्ष्य र वडा अध्क्ष्य त के वडा सदस्य समेत ईत्तर पार्टीले हात पार्न नसक्नुमा नेपाली कांग्रेसको जनमतको कमि भएर मात्र पटक्कै हैन । २०४८ सालको सिनाम काण्ड र त्यस पछि सृजित डर र निषेधको राजनीति पनि प्रमुख कारण हुन् । सिनाम काण्डमा सहादत प्राप्त गर्नु हुने बीर शहिदहरु को परिवारलाई उचो मुल्यांकन हुन जरुरि छ, शब्दमाला र श्रद्धान्जलीले शहिद परिवारको पेट भरिन्न त्येसको लागी उचित आर्थिक उपार्जनको मेसो मिलाउन वडा पालिका सक्षम भै आवश्यक परे केन्द्र सरकारसँग समन्वय गरि उचित रोजगारीको ग्यारेन्टी हुन जरुरि छ ।

शिक्षा र स्वास्थ्य विकासको पहिलो सूचक भएकोले सिनामलाई पुर्वमा शिक्षाको हवको रुपमा बिकास गरिनु आवश्यक छ । परिक्षामा प्राप्त हुने उच्च अंकमात्र असल र बिध्वत बिद्यार्थीको सूचक नहुने भएकोले ईन्जिनियरिङ्ग, कृषि जस्ता प्राबिधिक बिषयमा अध्यन गरिरहेका बिद्यार्थी लाई प्राक्टिकल शिक्षाको दायरा फराकिलो बनाइनु साथै अध्ययनको शिलशिलामा काममा पठाइने तालिम अनिवार्य र व्यबस्थित हुनै पर्छ, कृषि अध्ययनमा रहेका बिद्यार्थीहरुलाई सिनामको तिनवटै खण्ड (लेक, मध्य र औल )मा तालिम केन्द्र स्थापना गरि उच्च आम्दानीको लागी जडिबुटी, फलफुल, नगदेबाली, पशु पंक्षि, माछा पालन र चलन चल्तीका खेतीको विकासका लागी हाम्रा बिशेषज्ञ र बिद्यार्र्थीहरुको उचित व्यवस्थापन गराई सिनामलाई नेपाल कै नमुना वडा मात्र नभै एक समृद्ध वडाको रुपमा प्रतिस्थापन गर्न सकिने प्रचुर सम्भावना छ ।

होइरागे र सोसुंगाको पहिरोलाई उचित रोकथाम गरि त्येही पहिरो भएको स्थानलाई प्रयोग गरेर वडा पालिकाको दर्विलो आम्दानिको श्रोत बनाउन सकिने अवस्था छ । प्राङ्गारिक मल र जैविक किटनाशकको प्रयोग गरि उच्चतम अगर््यानिक खाद्य बस्तु उत्पादन गराई किसानले उचित मुल्य प्राप्ती गर्ने र यसबाट स्वास्थ्यमा पर्ने अनुकुल प्रभावले स्वास्थ्यमा बिकराल रुपमा देखिदै गरेको क्यान्सर जस्तो प्राण घातक रोगमा कमि आउने र यसले समग्र स्वास्थ्य खर्चमा कमि आई (खर्च कम गर्नु भनेको कमाउनु हो ) मुलुकको संचितीमा वृद्धि हुनेमा दूई मत नै छैन ।

युवा शक्ति लाई सहि परिचालन गर्न अव बन्ने सरकारको प्रमुख दायित्व रहने भएको हुदा स्वरोजगारका कार्यक्रम, सहकारी खेती, क्षमतावान व्यक्ति पहिचान गरि खेलकुदमा प्रोत्साहन गरिनु र अर्ध बैशका र जेष्ठ नागरिकहरुको स्वास्थ्य बनाइराख्न टोल टोलमा ब्याडमिन्टन, टिटी जस्ता खेल र बगैंचा अनि मनोरञ्जन सामाग्री सहितको क्लब बनाइनु जरुरि छ । समस्त नेपालीको आस्थाको धरोहर सिनामको सानो पाथिभराको मन्दिर लाई व्यवस्थित गरि आन्तरिक पर्यटनको प्रवर्धन गरेर पिकनिक स्पट, होम स्टे, र बृहद वृ्क्षारोपण, पहिलो पाँच बर्षमा नाली सहितको ग्राभेल सडक र मुख्य आन्तरिक सडकलाई कालो पत्रे, गरिबीका रेखा मुनिका परिवारलाई यथार्थ पहिचान गरि पहिलो पाँच वर्षमा बार्षिक २ लाख सम्मको अनिवार्य आम्दानी गराउने वातावरण मिलाउन जरुरी छ ।

लामोे समय एउटै पार्टीले सरकार चलाउदा केहि बर्ग समुह निषेधित र उपेक्षित हुदै जाने र त्येही बाट कालान्तरमा ठुलो बिद्रोह उत्पन्न भै समाज र मुलुकले अकल्पनीय क्षति व्यहोर्नु पर्ने अवस्था आएको बिश्व ईतिहास छ ।

विपद बाहेक जनतालाई आर्थिक र जिन्सी सहयोग गरिनु उचित हँुदैन तर उनीहरुको आयश्रोत बढाउन जनतालाई सहि बाटो र आर्थिक र प्राबिधिक र नैतिक प्रशिक्षणको जरुरी को महशुस गरेको छु तर हामिमा निष्ठा र लोभको जालोले नछोडी सबै मैलाई मात्र चाहिने “मै खाउ, मै लाऊ, सुखसयलमा मोज म गरु” भन्ने उक्तिबाट ग्रसित नेताहरुको चंगुल बाट छुटकारा दिलाउन यो आसन्न बैसाख ३० गते हुने निर्वाचनबाट एमालेको एकाधिकार तोडी प्रतिस्पर्धाको राजनीतिमा लैजान सिनामे जनताको हातमा पाँच वर्ष पछाडी फेरी मौका आएको छ, सदुपयोग गर्न सक्नु र नसक्नु त्यो जनतामै निहित अधिकार हो ।

काम गर्दा गर्दा थाकिसकेको एमाले पार्टीलाई फेरी अर्को कार्यकालको लागी जिम्मेवारी दिइनु उचित हुन्न, पाच बर्ष थकाई मारेर फुर्तिलो भै आएर वडा पालिकाबाट जनतालाई प्रवाह गरिने सेवा जनताकै घर दैलोमा पुर्याउने जनसेवक को खाँचो छ, जनताको घरका कोहि सदस्यको मृत्यु भएमा वडाका टिम मानो चामल सहित श्रद्धान्जली अर्पण गर्दै वडाले प्रदान गर्ने मृत्यु दर्ता उही दिन परिवारलाई दिन जरुरि हुन्छ भने विवाह दर्ता, जन्म दर्ता पनि सोहि अनुरुप घरमै गएर उपलब्ध गराइनु पर्छ ।

जेष्ठ नागरिक, असाहाय अपाङ्ग, गर्भवती, दिर्घ रोगीहरुको नियमित स्वास्थ्य परिक्षणको लागी स्वास्थ्य चौकीको मेशिनरी र प्राबिधिकहरुको स्तर उन्नति गराई स्वास्थ्य सेवा सर्व सुलभ गराइनु जरुरि छ । संगीत बाट मुलुकलाई विश्वसामु चिनाउन सकिने भएको, संगीत एक दर्विलो आयश्रोतको माध्यम पनि बन्न सक्ने र समाजलाई ऐकबद्ध पार्न संगीत कोशेढुंगा बन्ने भएकोले सिनाम उच्च मा. बि.मा संगीत कक्षा संचालन गरिनु जरुरि भएको अवस्था छ । जनतालाई समस्या पर्दा मेरो पार्टी यो त्यो नगरी समान व्यवहार हुन जरुरि छ, समस्या परेको बेलामा पार्टी प्रवेश गराएर वा त्येसको ब्याज असुलेर राजनीति गरिनु घृणाको बिषय हो ।
वडामा सिर्जना हुने दरवन्दीमा पार्टी विशेषले मात्र रोजगारी पाउनु वा ईत्तर पार्टीका कोहि भए कि पार्टी प्रवेश गराइनु वा जागिरबाट बिमुख पारिने कुप्रथाले सिनामको हालको भित्री राजनीतिक चित्रण प्रष्टिन्छ र हामी कुन समाज बनाउदै छौ ? तेसैले प्रष्ट हुन्छ ? पार्टी, समूह र व्यक्तिका गलतलाई गलत र सहिलाई सहि को निणर्य दिन सबै पार्टीले समर्थन दिन र सहि निणर्य गरिन बिमुख नभए कसैलाई काखा र पाखाको अवस्था आउने थिएन् ।

ईत्तर पार्टीमा मात्र हैन लामो समय एउटै पार्टीले काम गरिरहदा त्येही पार्टीभित्र पनि नैराश्यता ब्याप्त छाउने भएकोले कोर राजनीतिक कार्यकर्ता बाहेकका हरेक समाज, गाउँ वा मुलुकका ३० प्रतिशत भन्दा अधिक तठस्थ मतदाताहरुले अव सहि निणर्य र हाम्रो गाउको सहि गन्तव्य खोज्ने जिम्मेवारी आएको छ । लामो समय एउटै पाटीले सरकार चलाउदा केहि बर्ग समुह निषेधित र उपेक्षित हुदै जाने र त्येही बाट कालान्तरमा ठुलो बिद्रोह उत्पन्न भै समाज र मुलुकले अकल्पनीय क्षति व्यहोर्नु पर्ने अवस्था आएको बिश्व ईतिहास छ ।

हामीले जे जसरि जति विश्लेषण गरे पनि भ्रस्टाचारलाई सस्थागत गरि सवै तह तप्काका आफ्ना मुख्य कार्यकर्ता लाई भरणपोषण गर्ने गराउने कार्य एमाले अध्क्ष्य केपी ओली बाट भएकै छ, एक रुपैँया आम्दानी नभएका हिजोका सिगाने हरुको चिल्लो कार, सान वान हेरेर स्थानीय जनताले हेक्का पुर्याउनु पर्ने हो ।

यो चुनावमा गठबन्धनलाई सिनामे जनताले आफ्नो अभिमत प्रकट गरेनन् भने अर्को पाँच वर्षमा एमालेको सरकार झनै तानशाही हुनेमा दूई मत नै छैन । गठबन्धनको कारण नेपाली कांग्रेस भित्र केहि स्थानमा बैमनस्यता देखिए पनि जीत सुनिश्चित छ र प्रदेश र संघमा गठबन्धनको अत्यधिक बहुमत आउनेमा कुनै सङ्खा छैन । प्रदेश र संघमा आफ्नो सरकार भै रहदा थप विकासका बजेट ल्याएर आर्थिक उपार्जनका बाटाहरु बनाउन गठबन्धनबाट निर्वाचित सरकारलाई सहज हुने सर्वबिधितै छ ।
यो पटकको चुनाबमा वाड अध्यक्ष र सदस्यमा जनताको घरदैलो र आवश्यक पर्दा मेलो पर्म गरि सेवा प्रदान गरिदिने सेवकलाई आफ्नो मत दिन आवश्यक रहेको छ । गोप्य मतदान मार्फत एक पटक पार्टी परिवर्तनको प्रथा बसाली एकअर्का बीच प्रतिस्पर्धा गराउन सिनामेली जनता भित्री मन बाटै तैयार रहनु भै २०७९ वैशाख ३० गते गठबन्धनलाई आफ्नो अभिमत प्रकट गरिदिन हार्दिक अपिल गर्दछु ।

सिरीजंघा १ सिनाममा जन्मिएका लेखक ईन्जिनियर बीरेन्द्र श्रेष्ठ २६ बर्ष पहिला आर्मेनियाबाट ईन्जिनियरिङमा ग्राजुएट हुन् । लोकपप विधाका चर्चित गायक समेत रहेका उनि उत्कृष्ट लोकपप गायकको रुपमा राष्ट्रिय अवार्ड समेत हासिल गरिसकेका छन् । श्रेष्ठ नेपाली कांग्रेसको चौधौ महाधिबेशन प्रतिनीधि र नेपाली जलबिद्युत क्षेत्रका परिचित नाम हुन् ।


प्रतिक्रिया दिनुहोस्