जन जनको मनमा मुक्ति

ताप्लेजुङ । गठबन्धनको तर्फबाट फत्ताङलुङ गाउँपालिकाको अध्यक्षका उम्मेदवार राजन लिम्बु (मुक्ति) पक्षमा जन लहर उभिएको छ । गाउँ बनाउने अठोटले सिंगापुर प्रहरीको जागिर छोडेका लिम्बु ताप्लेजुङमा सबै भन्दा चर्चामा रहेका उम्मेदवार हुन् । भने उनि मतदाताको मनमा बस्न समेत सफल भएका छन् । यसो हुनुमा उनको समृद्ध फत्ताङलुङ निर्माणका निम्ति पृथक र स्पष्ट योजनाका साथै उनको बौद्धिकता पनि हो ।

वर्षौ देखि विकास र समृद्धिको पर्खाइमा रहेको फत्ताङलुङका निम्ति मुत्ति बाहेक अन्य विकल्प नरहेको स्थानीयको भनाई छ । फत्ताङलुङ गाउँपालिका ५ हेल्लोकका ६५ वर्षिय बुधरानी लिम्बुले मुक्तिको जस्तो राम्रो योजना अन्यले लिएर मत माग्न नआएकोले यस पटक गाउँ विकासका निम्ति मुक्तिलाई नै मतदान गर्ने बताईन । उनले भनिन्,“ आफुले पाउने सेवा गाउँबासीको हितमा प्रयोग गर्ने, पालिकाको गाडी यहिँका बासीन्दा बिरामी हुँदा एम्बुलेन्सको रुपमा प्रयोग ल्याउने अहिले सम्म एतिको राम्रो काम गर्छु भन्ने उम्मेदवार आएको छैन । त्यहि भएर मेलै मुक्तिको पक्षमा मतदान गर्ने सोच बनाएकी छु ।”

त्यस्तै फत्ताङलुङ ५ तापेथोकका ५० वर्षिय जस बहादुर लिम्बु पनि काम गर्न सक्ने क्षमता भएकालाई मतदान गर्ने सोचमा रहेका छन् । उनले भने,“ क्षमता भएकालाई मत दिने हो । गर्छु सबैले भन्छन् तर सबैसँग क्षमता हुँदैन,दृठ ईच्छाशक्ति हुँदैन । आफुले औपचारिक शिक्षा लिएको छैन । घोषणापत्र नातिनीलाई पढ्न लगाएर सुने । सबैको सुन्दा राम्रा सबैका छन् तर मुक्तिका जस्ता गाउँपालिकाका लागि अति आवश्यकीय र सम्भव हुने खालका कुरा अन्यको पाईन । त्यहि भएर म सहित मेरो टिम मुक्तिको नेतृत्वको पक्षमा रहने छु ।”

त्यस्तै युवा जमात पनि उनको पक्षमा उभिएका छन् । फत्ताङलुङ २ खेजेनिमका सन्देश लिम्बु अबको पालो युवाको मात्रै नभई क्षमतावान् र भिजन भएका युवाको रहेकोले मुक्तिको पक्षमा रहेको बताउँछन् । उनि भन्छन्, गाउँ समाजको निम्ति देश विकासको निम्ति युवाको मात्र नभई क्षमतावान् युवाको नेतृत्व आजको आवश्यकता हो । सबै क्षेत्रका समस्याको निकास र समग्र गाउँपालिकाको विकासका निम्ति एक क्षमतावान् र कुशल व्यत्तित्व मुत्ति लिम्बुको पक्षमा मतदान गर्ने सोच बनाएका छौं ।”

यी त केहि स्थानीयका प्रतिनिधि प्रतिक्रिया मात्रै हुन । महिला युवा र ज्येष्ठ गठबन्धनको पक्षमा मुक्ति लिम्बुको पक्षमा उभिएका छन् । हुन पनि उनको घोषणापत्र अध्ययन गर्ने हो भने गाउँबासीको हित र गाउँपालिकाको विकासका निम्ति सम्भव हुने कार्ययोजना प्रस्तुत गरेका छन् । लिम्बुले “कृषि, जलविद्युत, जडीबुटी र पर्यटन ! समृद्ध फक्ताङ्लुङ निर्माण हाम्रो अभियान !!” नारालाई अघि सारेका छन् ।

साथै उनले आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता, निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा, फक्ताङलुङको पानी फक्ताङलुङबासीकै लगानी, भौतिक पूर्वाधार वातावरणमैत्री पूर्वाधार दिगो विकासको आधार ,समृद्धिका लागि वन कार्यक्रम, अर्थतन्त्रको प्रमुख आधार कृषिमा आमुल सुधार लगायतका जनमुखि कार्यक्रमलाई घोषणपत्रमा समेटेका छन् ।

उनले पालिका अध्यक्ष भए पश्चात पाउने सुविधा गाउँबासीका हितका निम्ति नै खर्चिने साथै पालिकाको हालको गाडिलाई तत्काल एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउने कुरालाई समेत घोषणापत्रमा उल्लेख गरेका छन् । सबै क्षेत्रलाई समेटेर जनमुखि र समृद्ध फत्ताङलुङ निर्माणको स्पष्ट कार्ययोजना सहित मतदातासम्म पुगेका कारण नै मुक्ति लिम्बु सहित समग्र गठबन्धनको पक्षमा मतदाता उभिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्