प्रचण्ड र आरजुलाई सोध्यो निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

प्रचण्डले दिएका अभिव्यक्तिमाथि केन्द्रित रहेर आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

प्रचण्डले चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा रूखवालाले हँसिया हतौडामा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण दिन भनेको छ । यस्तो अभिव्यक्ति दिनुको अन्तरनिहीत मनसाय के हो भन्ने प्रश्नसमेत आयोगको छ ।

यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । आरजुले सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजित कांग्रेसका चुनावी सभामा बोलेका अभिव्यक्तिलाई लिएर आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको हो ।


प्रतिक्रिया दिनुहोस्