ताप्लेजुङको ४ स्थानका मतपेटिका हेलिकोप्टरवाट ढुवानी गरिने

ताप्लेजुङ । ताप्लेजुङको ४ स्थानका मतपेटिका हेलिकोप्टरवाट ढुवानी गरिने भएको छ । उतरी दुर्गम भेगमा अवस्थीत फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला र याङमा तथा वडा नं। ६ लेलेपको ग्याब्ला र घुन्सा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरवाट ढुवानी गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी महेश पोख्रेलका अनुुसार माग गरिएको उक्त ४ वटा स्थान मध्ये ४ वटामै हेलिकोप्टरबाट मतपेटिका गणनास्थल सम्म पु¥याउन गुहमन्त्रालयले अनुमति दिएको हो ।

गृहले निर्वाचन आयोगलाई पत्र काटेर ताप्लेजुङका विकट हिमाली ठाँउहरुमा मतपेटिका हेलिकोप्टरवाट पुर्‍याउने व्यवस्था मिलाएको हो ।


प्रतिक्रिया दिनुहोस्