मिक्वाखोला १ खोक्लिङका एक युवक मृत फेला

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी २४÷२५ बिमल कार्की गए राती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरिक्षक कुशाराम कार्कीले जानकारी दिए । सुचना अधिकारी कार्कीका अनुसार राती १०ः४५ बजेसम्म बिमल घर नआएपछि परिवार सहित स्थानीयले खोज्न सुरु गरेको थिए । खोज्ने क्रममा हान्द्रुङबाट उकालो जाने बाटोमा जुत्ता र झोला साथै बाटो मुनि भिरमा बिमललाई मृत अवस्थामा भेटी प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यलय दोभानको ईन्सपेक्टर सहितको टोली घटनास्थलमा खटि सकेको छ भने जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट पनि ईन्सपेक्टर सहितको टोली घटनास्थलतर्फ लागि सकेको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको छ । बिमल स्काभेटर चालक हुन । हाल उनि जिल्ला कै तेल्लोक भन्ने ठाउँमा स्काभेटर चलाउदै आएका थिए भने चुनावका लागि उनि मतदान गर्न गाउँ फर्किने क्रममा मृत भेटिएका हुन् । घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्