स्थानीय तहको निर्वाचन : एक हप्ता यता ५ लाखले छोडे काठमाडौं उपत्यका

काठमाडौं । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाडौं उपत्यका छोडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । 

यस्तै, स्थानीय चुनावका लागि एक हप्ता यता ५ लाखको हाराहारीमा यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थालेका हुन् ।


प्रतिक्रिया दिनुहोस्