स्थानीय निर्वाचन : ताप्लेजुङमा आज बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर निस्कन नपाइने

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा आज बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर निस्कन नपाइने भएको छ । 

 भोलि बैशाख ३० मा  हुन गइरहेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखी आज बेलुका ८ बजे देखि भोलि बिहान ४ बजे सम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई  जिल्ला प्रशासन कार्यलय ताप्लेजुङले एक सूचना मार्फत अनुरोध गरेको हो । 

अति आवश्यक परि घरबाहिर निस्कनु परेमा सुरक्षा निकायलाई जानकारी दिएर मात्र निस्कन जिल्लावासी सबैलाई आग्रह समेत गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्