ज्येष्ठ र अशक्त परिवारको साहारामा मतदान गर्दै

खोक्लिङ बिहान ७ बजेबाट देशैभर स्थानीय निर्वाचन जारी छ । ज्येष्ठ र अशक्तहरु परिवारका सदस्यहरुको साहारामा मतदान केन्द्र सम्म पुगेर मतदान गरि रहेका छन् । आफ्नो मताधिकारको प्रयोग गर्न मतदाता काठमाडौं सहित देशका विभिन्न ठाउँबाट आफ्नो गाउँ निर्वाचनको मिति अघि नै गाउँ फर्किएका थिए । ८ गाउँपालिका र एक नगरपालिका सहित ९ स्थानीय तह रहेको ताप्लेजुङमा पनि हालसम्म शान्तिपुर्ण तरिकाबाट मतदान भईरहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । फत्ताङलुङ गाउँपालिकाको घुन्सामा मतदाता समय मै नआएर केहि समय ढिलो गरि मतदान सुरु भएपनि हाल जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपुर्ण तवरले मतदान भईरहेको पनि आयोगले जनाएको छ ।

यसै अन्तरगत ताप्लेजुङको मिक्वाखोला १ खोक्लिङममा पनि मतदान उत्साहजनक रुपमा भईरहेको छ ।
८२ वर्षिय गोकुल अधिकारी बाट सुरु भएको मतदानमा हालसम्म ३०२ जनाले मतदान गरि सकेका छन् । ज्येष्ठ र अशक्तले परिवारका सदस्यको साहारामा मतदान केन्द्रसम्म पुगरे मतदान गरेको तस्विरमा देख्न सकिन्छ ।

मिक्वाखोला १ खोक्लिङको मोति मावि मतदान केन्द्रमा मतदान गरेर फर्किदै गरेका स्थानीय हेर्नुस तस्विरहरुः


प्रतिक्रिया दिनुहोस्