ताप्लेजुङको केहि स्थानमा मतगणना सुरु, केहि स्थानमा मतपेटिका संकलन कार्य जारी

ताप्लेजुङ । शुक्रबार भएको स्थानीय तह निर्वाचनको ताप्लेजुङमा भने मतगणना सुरु भएको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा गए रात देखि मतगणना सुरु भएको छ ।

नौ स्थानीय तह मध्ये मेरिङदेन गाउँपालिकामा ५०० मत गरणना भएको छ । ५०० मत गणना गर्दा एमाले २५ मतले अगाढी रहेको छ । बाँकी ३३३ मत गणना गर्न बाँकी रहेको जिल्ला निर्वाचन आयोग ताप्लेजुङले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकामा पनि मत गणना सुरुभएको निर्वाचन कार्यालयले जनाएको छ । फुङ्लिङ नगरपालिका सहित सात स्थानीय तहमा भने सर्वदलिय बैठाक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

ताप्लेजुङमा ६४ प्रतिशत मत खस्यो

ताप्लेजुङमा ६४ प्रतिशत मत खसेको छ । ८९ हजार ६ सय ८० मतदाता रहेको जिल्लामा ६४ प्रतिशत मत खसेको हो ।

एक नगरपालिका सहित नौ स्थानीय तहमा १२२ मतदान केन्द्रबाट मतदान भएको थियो । पाथिभरा याङ्वरक गाउँपालिकामा ६१.९९ प्रतिशत, आठराई त्रिवेणी गाउँपालिकामाँ ६२ प्रतिशत, मैवाखोला गाउँपालिकामा ६५.११ प्रतिशत मत खसेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । सिदिंवा गाउँपालिकामा ६२ प््रतिशत, फक्ताङलुङ गाउँपालिकामा ६५.३५ प्रतिशत, सिरिजंघा गाउँपालिकामा ६२ प्रतिशत मत खसेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दिनेश खनालले जानकारी दिनुभयो । यस्तै जिल्लाको एकमात्र नगरपालिका फुङलिङ नगरपालिकामा ६४ प्रतिशत, मेरिङदेनमा ७१ प्रतिशत र मिक्वाखोला गाउँपालिकामा ६५ प्रतिशत मत खसेको हो ।

याङमामा १४ जनाले गरे मतदान

सदरमुकामदेखि सबैभन्दा टाढा रहेको वस्ति याङमामा १४ जनाले मतदान गरेका छन् । दश पुरुष र चार महिलाले मतदान गरेको जिल्ला निर्बाचन अधिकृत खनालले बताए । ६० मतदाता रहेको याङमामा मत संकलनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी ९ जना खटाईएको थियो । उनिहरुको लागि दुई लाख बढी खर्च भएको निर्वाचन आयोगले जनाएको छ । सदरमुकाम फुङलिङवाट गाडीमा यात्रा गरेर साथै पैदल हिंडेर तीन दिनमा मात्रै यो वस्ति सम्म पुग्ने गरिन्छ ।

मौसम प्रतिकुल भएसंगै मतपेटिका लिन हेलिकप्टर आएन

दुर्ग क्षेत्रका चार मतदान केन्द्रको मतपेटीका हेलिकप्टर देखि निर्वाचन अधिकृतको कार्यलय सम्म ल्याउने निर्वाचन आयोगले गत साता गृह मन्त्रालयबाट अनुमति लिएको थियो । तर मौसम प्रतिकुल भएसंगै हेलिकप्टरबाट आउन सकेन । हिलिकप्टर नआएसंगै याङ्माबाट मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालय तापेथेकसम्म बोकेर नै ल्याउने तयारी रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा वडाध्यक्ष सहित पाँचैजना जनप्रतिनिधी भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । जसका कारण सो वडाको दुवै मतदान केन्द्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान भएको छ ।

यस्तै २७६ जना मतदाता रहेको ओलाङ्चुङगोलामा ८५ मत खसेको छ । ४२ जना पुरुष र ४३ जना महिलाले मतदान गरे । यस्तै १ सय ६६ मतदाता रहेको घुन्सामा ८१ मत खस्यो । जसमा ४४ पुरुष र ३७ महिला छन् । यता ग्याव्लामा भने ३२ जनाले मतदान गरेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्