विमल कार्की मृत्यु प्रकरण: घटना कसरी भएको थियो ?

ताप्लेजुङ । पहिलो पटक निर्वाचनमा मतदान गर्न लागेको कुराले मनमा उत्साह थियो । सहि नेतृत्व चुन्नका निम्ति हातहरु उत्सुक थिए । मतदान गर्न जाँदा घर पनि पुगिने । परिवारसँग नि भेट हुने । एउटा छुट्टै खुसि थियो । त्यहि खुसि त्यहि उत्साहका साथ बिमल कार्की घर आउने निर्णय गरे । उनको घर मिक्वाखोला गाउँपालिका १ खोक्लिङको दुङ्जा अवस्थित छ ।

मतदान गर्न गाउँ जान कै लागि काममा बिदा लिए । गत बुधबार उनले आफनो बुबालाई ३ बजे तिर कल गरे । आफु निर्वाचनका लागि मतदान गर्न घर आउने कुरा बताए । केहि दिन अघि मकैमा लगाउने युरिया मल किनेर राख्न बुबाले उनलाई भनेका थिए । सोहि कुरा बिमलले बुबालाई भने घरसम्म टयाक्टर आउने भएकोले बुबाले उनलाई रित्तै आउन भने । त्यति संवाद पछि बिमलले आफु मतदान गरेर फर्कि जाने भएकोले कुखुराको भाले ल्याउन भनेका थिए । तर बुबाले उनलाई आफै आएर खोज्न भने । उनले हुन्छ भन्ने सर्मथन जनाउँदै फोन राखे । त्यसपछि बिमलले ६ः४६ मा कल गरेरे आफु घर नजिकैको पाटीमा आईपुग्न लागेको बताए । उनि हाल तेल्लाबुङ कन्सट्रक्सन दोभानमा जेसिबी चालकको रुपमा कार्यरत थिए । दोभान बाट पुर्वलागे पछि करिब १ घण्टाको पैदला यात्रा पछि मिक्वाखोला १ को हान्द्रुङ बजार आउँछ । त्यसपछि करिब ५० मिनेटको उकालो हिँडेपछि एउटा पाटीमा आईपुगिन्छ । बिचमा कतै घरहरु छैनन् । जगंल नै जगंलको बिच भएर हिडनु पर्छ । अरु बेलापनि घर आउँदा पाटीमा नेट चलाएर उनि ८–९ बजे मात्रै फर्किन्थे । किनकी उनको घर सहितको आसपास गाउँमा कतै पनि ईन्टरनेट चल्दैन । परिवारले केहि समयमा आउलान भन्ने सोचे ।

उनका बुबा भन्छन्,“अन्य समय पनि छोरो नेट चलाएर अबेर आउथ्यो । खाना खाएर उस्लाई पनि राखि दिएर सुत्थयौं । त्यहि सोचेर बस्यौं ।” परिवार नै खाना खाएर सुतेउँ । बुबालाई भने पटक्कै निन्द्रा लागेन । छटपटी भयो । उठे । छोरालाई कल गरे । सम्पर्क हुन सकेन । आफ्नोबाट कल नलागे पछि श्रीमतीको फोनबाट गरे । अहँ पटक्कै कल लागेन । त्यसपछि बिमल की आमा बिमल आउने बाटोतर्फ लागिन् । रातिको समय भएकोले बिमलका बुबा पनि आफ्नी श्रीमतीको पछि लागे । घर भन्दा करिब ५ मिनेटको दुरिमा एउटा ब्याग देखे तर उत्त ब्याग चिनेन् । उनको जेठो छोरा पनि बजारबाट घर आउँदै थिए । आफुले कल गर्दा नलागेकोले भाईलाई कल गर्न लगाए । बिमलका बुबा निरन्तर मोबाईलमा छोराको नम्बर डायल गरि रहे । मनमा अनेक शंका र उपशंका ज्वारभाटाहरु चल्न थाले ।
तत्काल छोराले काम गर्ने कम्पनीमा कल गरे । छोराले कस्तो ब्याग बोकेको थियो भन्ने कुरा सोधे । तर थाहा नभएको जवाफ आयो । उनले छोराले चलाउने जेसीबिका कन्टयाक्टरलाई कल गरे । छोराले साथीको ब्याग बोकेको र ब्याग टाटे पाङग्रे भएको पत्ता लाग्यो । छोराले बोकेको ब्याग र आफुले बाटोमा देखेको ब्याग एउटै हो भन्ने कुरामा पत्तो लगाए ।

शंकै शंका बिच दायाँ बायाँ खोजी रहे । कतै छोरो भेटिएला की भनेर । बाटोमा छोरो खोजि रहेका कार्की दम्पत्तिले फोनको रिङ बजेको सुने । उनको घरबाट सडक नै सडक केहि अगाडी गएपछि एउटा गोरेटो बाटो हान्द्रुङ झर्छ । उत्त फोन रहेको स्थान सडकको ट्रनिङ भन्दा केहि अघि ब्याग भएको स्थानको ठिक तल काँडे जाने सडकमा थियो । फोन दुबैले हेरे । आफ्नो छोराको फोन हो भन्ने कुरामा उनिहरुमा द्धिविधा भएन । बिमलकी आमाले आफ्नो छोराको फोन टिप्न खोजिन् । तर उनका बुबाले अब छोरालाई केहि पक्कै भयो भन्ने आशंकाले फोन नटिप्न भने । आत्तिदैँ स्थानीयलाई कल गरे । केहि स्थानीय भेला भएर गाउँ जंगल सबै तिर खोजे । करिब राती ११ बजे तिर उनिहरुले हान्द्रुङ झर्ने गोरेटो बाटो भन्दा तल जुत्ता देखे । कार्की दम्पत्तिले आफ्नो छोराको जुत्ता चिने । छटपटी अझ बढ्योे । आँखाहरु छोरालाई हेर्न आत्तुर थिए । मनमा छोरासँग बोल्ने ईच्छा तिब्र थियो । तर बिडम्बना जुत्ता भएको स्थान भन्दा अझै तल ज्याकेट र त्यो भन्दा मुनि उत्तानो अवस्थामा छोराको मृत शरिर देखे ।

धर्ती भासिए जस्तै भयो । होस हवास उड्यो । तत्काल प्रहरीलाई खबर गरे । अस्थाई प्रहरी चौकी खोक्लिङबाट प्रहरी आए । प्रहरी सहित स्थानीय मृत शरिर लाई कुरेर बसे । ईलाका प्रहरी कार्यलय दोभान र जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट ईन्सपेक्टर सहितको टोली बिहिबार बिहान घटना स्थल आई पुगे । शबलाई कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ । प्रहरी नायब उपरिक्षक कैलास राईले निर्वाचनले गरेर केहि ढिलो भएतापनि घटनाको अनुसन्धान भई रहेको बताए । उनले भने,“ बिमल कार्कीको शब भिरमा मृत अवस्थामा भेटियो । शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा छ । घटनाको अनुसन्धान भई रहेको छ । निर्वाचनले गरेर किटानी जाहेरी दिने कुरामा पनि ढिलाई भयो । हामीले समन्वय गरि रहेका छौं । किटानी जाहेरी लिएर घटनालाई अझ सुक्ष्म तरिकाले अध्ययन गर्ने छौं ।” राईले थपे स्थानीयले नै केहि व्यक्तिलाई प्रहरीसामु उपस्थित गराई दिनु भएको छ । उहाँहरुसँग सोधपुछ गरि रहेका छौं ।”

परिवार के भन्छ ?

बिमलका बुबा मंगलबार साँझ मात्रै घरमा केहि छिमेकी युवाहरु आएर घरमा लौरो बजार्ने साथै त्रसाउने काम गरेको बताउँछन् । उनले भने,“ केहि छिमेकी युवाहरु आए । पार्टीगत कुरामा डिस्कस गरे । आफुले एमालेले चामल झिके काँग्रेसले मासु झिक । मिलेर पकाउँ खाउँ । पार्टी जे जे भएपनि भोली हामी छिमेकी मिल्नु नै पर्छ भने केहि समयको डिस्कस पछि उनिहरु गए ।”

बुधबार जुन दिन बिमल घर आउँदै थिए । बिहानबाट नै छिमेकी दुई युवकहरु घरमा आए । गाउँ घर बाख्रा बस्तुलाई चराउनु कि त घाँस काट्नु परि हाल्यो । बिमलका बुबा आमा बस्तु बाख्रा चराउन नजिकैको बारिमा गए । दिनभर ति युवाहरु बिमलको घर मै बसि रहे । खास कुनै त्यस्तो लेनदेन पति थिएन ति युवाहरुसँग । के कारणले आफ्नो घरमा आएका भन्ने कुरा आफुहरुलाई थाहा नभएको बिमलका बुबा बताउँछन् ।

अघिल्लो दिन ति युवाहरु सम्मिलित समुह आएर बिमलको घरमा पार्टीगत कुरालाई लिएर डिस्कस गरेका थिए । उनका बुबा भिम बहादुर कार्कीले भने, “अघिल्लो दिन एक हुल युवाहरु आएर डिस्कस गरे । भोलिपल्ट दिनभर सोहि समुहका दुई युवक दिनभर आफ्नो घरमा हुनु । करिब साढे ६ बजे तिर ती युवाहरु घरबाट हिड्नु । ६ः४६ मा छोराले आफु घर नजिकैको पाटीमा आईपुग्न लागेको कुरा बताउनु । त्यसपछि छोराको मोबाईलमा मेरो र आमाको फोन नलाग्ने बनाईनु । ब्याग घर आउने सडको छेउ मोबाईल ब्याग रहेको स्थान भन्दा ठिक तल काँडे जाने सडकमा हुनु । हान्द्रुङ जाने गोरेटो बाटो भन्दा केहि तल जुत्ता र ज्याकेट साथै भिरमा शब हुनु । शब उत्तानो अवस्थामा र अनुहार भरि नचिनियोस भनेर हुनुपर्छ केहि कालो पदार्थ दलिएको अवस्थामा थियो । यसरी घटनाको प्रकृति हेर्दा सुनियोजित,योजनावद्ध र रहस्यमय तरिकाले घटाईएको छ । यो आफै घट्ने घटना हुँदै हैन हत्या भएको छ । हामीले आशंका लागेका व्यक्तिलाई प्रहरीलाई जिम्मा लगाएका छौं । निष्पक्ष छानबिन भई दोषीलाई कारबाही गरियोस् ।” साथै उनले हत्यारा पत्ता नलागुन्जेल आफुहरुले शब जिम्मा नलिने समेत बताए ।

एता बिमलका दाजु गोपाल कार्कीले भने आफ्नो भाई कसैसँग झगडा गर्ने खालको नभएको आफ्नो काम गरेर आफ्नो बाटोमा हिड्ने मान्छे हुँदा पनि राजनीतिक विषयलाई लिएर हत्या गरिएको बताउँछन् । उनले भने,“ मेरो भाई कसैसँग झगडा गर्दैन थियो । पछिल्लो समय त उ कामले कहिलेकाँही मात्रै घर आउथ्यो । काममा फर्कि हाल्थ्यो । त्यस्तो गाउँका साथीहरुसँग भेटघाट गर्न हिँडन उस्लाई समय नै हुन्थेन । हाम्रो घर एमालेमा आस्था राख्छौं । चुनावी प्रचारका क्रममा बाटो मै घर भएकोले पार्टीका साथीहरु आउने खाना बनाउने खाने गर्नुहुन्थ्यो । यहि कुरालाई यिस्यु बनाएर भाईको हत्या गरिएको हो । घटनाको प्रकृति हेर्दा नै सबै कुरा थाहा भै हाल्छ । थप कुरा पोष्टमार्टम रिपोर्ट पछि आउला । दोषिलाई कारबाही हुनु प¥यो ।” स्थानीयले पनि घटनाको प्रकृति हेर्दा कसैद्धारा घटना घटाईएको ले दोषि पत्ता लगाई कानुनी दायरमा ल्याउनु पर्ने साथै पिडित परिवारलार्ई उचित क्षतिपूर्ती दिनु पर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्