गठबन्धनलाई पराजित गर्दै इलामको माङसेबुङ ४ मा एमालेको प्यानल नै विजयी

काठमाडौं । इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ ।

नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भएका हुन् । लिम्बूले ३ सय २५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत ल्याएका थिए ।

महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र धनबहादुर राई (३१० मत) विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्