आठराई त्रिवेणीमा गठबन्धनको अग्रता

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकामा गठबन्धनको अग्रता रहेको छ । अहिले वडा नं। ५ चाँगेको मतगणना जारी रहेको छ ।

प्राप्त परिणाम अनुसार नेपाली काग्रेसका अध्यक्ष पदका उमेद्वार विश्वनाथ सिटौलाले १ सय ६२ मत ल्याएका छन् । एमालेका अध्यक्षका उमेद्वार दिपेन्द्र पोमूले ९७ मत ल्याएका छन् ।

यसैगरि राष्टिय जनमुक्ती पार्टीका अध्यक्षका उमेद्वारले ६ मत ल्याएका छन् । संघिय लोकतान्त्रिक राष्टिय मंञ्चका उमेद्वारले १ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादीका उपाध्यक्षका उमेद्वार प्रजिन हाङवाङले १ सय ६५ मत ल्याएका छन् । नेकपा एमालेका उपाध्यक्ष पदका उमेद्वार शान्ता आङवुहाङले ९६ मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्