रुकुम पश्चिमको त्रिवेणी १ मा माओवादीका बागी उम्मेदवारको प्यानलै विजयी

काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ ।

माओवादीका बागी उम्मेदवार सुन्दर ओलीले ५७७ मत ल्याएर माओवादीका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीलाई १६० मत अन्तरले पराजित गरेका हुन् ।

ओलीकै स्वतन्त्र प्यानलमा माओवादीका बागी महिला सदस्यमा उठेकी कमला बोहराले ५३१ मत, दलित महिला सदस्य लालसरा कामीले ५३६ मत, खुला सदस्य खड्बहादुर पुन ५०७ मत र अर्का खुला सदस्य पूर्णबहादुर बुढाले ४९२ मत ल्याएर विजयी भएका हुन् ।

टिकट वितरणमा अन्याय भएको भन्दै ओलीले वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्