मिक्वाखोला १ खोक्लिङमा नेकपा एमालेको प्यानल नै विजयी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा राम सुब्बाले ४२० मत ल्याइ विजय हासिल गरेका हुन् ।

यस्तै उनका उनका निकतम् प्रतिद्वन्द्वी नेपाली कांग्रस तर्फका वडा अध्यक्षको उम्मेद्धारले ३९७ मत ल्याएका छन् । विजयी हुने नेकपा एमालेका महिला सदस्य अम्बिका गिरीले ४२३ मत ल्याएकी छन् । दलित महिला सदस्य ज्ञानु घलेले ४१८ मत प्राप्त गरेकी छिन् ।

साथै खुल्ला सदस्यमा राजेन्द्र लिम्बू र पूर्ण घिमिरे विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्