रोङ गाउँपालिका १ मा भाइलाई हराउँदै दाजु विजयी

काठमाडौँ । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । मनोज र मनोहरि दाजुभाइ समेत हुन् ।

अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ । वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् । त्यसैगरी वडा नम्बर १ को मत गणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २१३ मतको अग्रता बनाएका छन् ।

एमालेको मेहरमान तामाङले ४८४ मत ल्याउदा नेपाली कांग्रेसका सुवास तामाङले ६९७ मत पाएका हुन् । त्यस्तै उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ । एमालेको उम्मेदवार विष्णु खवास भन्दा नेपाली काग्रेसको कल्पना खनाल भण्डारीले ५१ मत बढी पाएकी छन् । कल्पनाले ६११ मत र विष्णुले ५६० मत पाएको विवरण प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961