फत्ताङलुङ १ सावादिनमा माओवादीको प्यानलै विजयी

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नं. १ सावादिनमा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

१ नं. वडा अध्यक्षमा माओवादी केन्द्रका यज्ञ प्रसाद लिम्बु ३१४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका चन्द्र लिम्बुले २५२ मत ल्याएका छन् । साथै वडा सदस्यहरुमा सबै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । फत्ताङलुङ गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा सहभागी भएका थिए भने १ नं. वडा माओवादीको भागमा परेको थियो । अहिले १ नं.वडाको सकेर २ नं. वडा खेजेनिमको मतगणना जारी छ ।

हालसम्मको मतगणना गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बु (मुक्ति) ले ६९३, एमालका सरोज लिम्बुले ४२४, जसपाकी मन्जिता लिम्बुले ३८ र लिम्बुवानका भिम लिम्बुकी ४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रविन साम्रा लिम्बु (विकास)ले ७०७, एमालेकी शान्ति लिम्बु पौडेलले ४४१ , जसपाका श्री लिङखिमले ४३ र राप्रपाका ललित कुमार लिम्बुले ७ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्