मैवाखोला ५ मा भत्कियो एमालेको बिरासत : गठबन्धनको प्यानल नै विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका केशर लिम्बू विजयी भएका छन् । उनले ४२८ मत ल्याएका छन् भने पराजित भएका उनका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कूलप्रसाद लिम्बूले २७४ मत ल्याएका छन् ।

यस्तै महिला सदस्यमा सोमकुमारी लिम्बू, दलित महिला सदस्यमा मनिसा बराइली, खुला वडा सदस्य एकमा सुरेश वनेम, वडा सदस्य दुईमा लाक्पा शेर्पा विजयी भएका छन् ।

मैवाखोला गाउँपालिका यस अघि नेकपा एमालेले क्लिन स्विप गरेको थियो । यस्तै गाउँपालिको अध्यक्षमा पनि गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मद्धार विजय प्रकाश वनेमले नै अग्रता लिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961