फत्ताङलुङ २ खेजेनिममा माओवादी विजयी: पालिकामा गठबन्धनको अग्रता

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका वडा नं.२ खेजेनिममा वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको तर्फबाट भुपेन्द्र चौलागाईं (माओवादी केन्द्र) ४२५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका हर्क सिं पराजुलीले ३७६, जसपाका सुरेश लिम्बुले २३८ र लिम्बुवानका बुद्धराज लिम्बुले २ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा मा. लिला सिगु (माओवादी केन्द्र) ४३४ मत प्राप्त गरेर विजयी भएकी छन्
भने अन्य सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका उम्मेदवार खुल्ला सदस्यमा प्रेम बहादुर शेर्पा ४२५ र भिम कुमार लिम्बु ४२६, दलित महिला सदस्य फिपरानी लिम्बु वि.क. ४५९मत प्राप्त गर्दै विजयी भएका छन् । हाल १ र २ नं. वडाको मत परिणाम आई सकेर ३ नं. वडा लिङखिमको मत गणना जारी छ ।

हालसम्म गठबन्धनले अग्रता कायम गरेको छ । अध्यक्षमा गठबन्धनको तर्फबाट राजन लिम्बु (मुक्ति) (माओवादी केन्द्र) ८९० मत प्राप्त गर्दै अग्र स्थानमा छन् । उनका प्रतिस्पर्धी एमालेका सरोज लिम्बुले ६४०, जसपाकी मन्जिता लिम्बुले ५५ साथै लिम्बुवानका भिम कुमार लिम्बुले १ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट रविन साम्रा लिम्बु (विकास) ( नेपाली काँग्रेस) ८८७ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी एमालेकी शान्ति लिम्बु पौडेलले ६५१ , जसपाका श्रीहाङ लिम्बुले ६३ साथै राप्रपाका ललित लिम्बुको ७ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्