मिक्वाखोला २ नं. वडा अध्यक्षमा एमालेका थापा विजयी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङको वडा अध्यक्षमा एमालेका झरेन्द्र प्रसाद थापा विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी गठबन्धनका राजेन्द्र थापा ( काँग्रेस)लाई १८६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । झरेन्द्रले ४४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राजेन्द्रले २५९ मत प्राप्त गरेका छन्

त्यस्तै महिला सदस्यमा एमालेकै देवीमाया ओझा ४२७, दलित महिला सदस्यमा प्रमिला वि.क. ३९६ खुल्ला सदस्यमा साथै खुल्ला सदस्यमा पेम्बा शेर्पा ३८६ र नारायण प्रसाद लिम्बु ३८८ मत प्राप्त गर्र्दै विजयी भएका छन् । हालसम्मको मतगणना अनुसार पालिका अध्यक्षमा गठबन्धनका भत्त बहादुर कार्की (नेपाली काँग्रेस) ७६२ र एमालेका दिवस लिवाङले ७७२ मत प्राप्त गर्दा उपाध्यक्षतर्फ गठबन्धनका डण्डु लामा (माओवादी केन्द्र) ले ७०२ साथै एमालेकी मिना कुमारी केदेमले ७४४ मत प्राप्त गरेकी छन् । अहिले १ र २ नं. को मतगणना सकेर ३ नंको मतगणना जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्