मिक्वाखोला २ खोक्लिङमा एमालेको प्यानल नै विजयी

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिक वडा नं. २ खोक्लिङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

उक्त वडाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार झरेन्द्र थापा विजयी भएका छन् । उनले ४४५ मत ल्याएका छन् । यस्तै उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र थापाले २५९ मत ल्याएका छन् ।

यस्तै पुरुष खुल्ला सदस्यहरुमा पेम्बा शेर्पाले ३८८ मत र नारायण प्रसाद साँवा लिम्बूले ३८६ मत ल्याएका छन् । महिला सदस्य देवी माया ओझाले ४२७ मत ल्याएका छन् भने महिला दलित सदस्य प्रमिला विकले ३९६ मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्