मैवाखोला ४ साँघुमा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. ४ साँघुमा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट फुर्बा शेर्पा ( नेपाली काँग्रेस) ४६१ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका मिङमा छोक्टु शेर्पाले ४४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै गरि गठबन्धनका तर्फबाट महिला सदस्यमा सुनिता फागो ४५४, दलित महिला सदस्यमा सरस्वता धमला बराईली ४५८, खुल्ला सदस्यमा मिङमा शेर्पा ४५४ र प्रेनल घिसिङ तामाङ ४५५ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी (एस) सँग गठबन्धन गर्ने क्रममा मैवाखोला ४ नेपाली काँग्रेसको भागमा परेको थियो ।


प्रतिक्रिया दिनुहोस्