फत्ताङलुङ ३ लिङखिममा गठबन्धन विजयी

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका ३ लिङखिममा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट आईराम लिम्बुले ५०९ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका सुवास लिम्बुले ३९१, जसपाका हेमचन्द्र लिम्बुले ४५ साथै मंगोल नेश्नल अर्गाइनेजसनका लाल बहादुर लिम्बुले ११ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यतर्फ सन्तोष लिम्बु र सुरेन्द्र कुमार लिम्बु, महिला सदस्यमा सिता लिम्बु साथै दलित महिला सदस्यमा मीना कुमारी वि.क गठबन्धन कै उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्षमा गठबन्धनका राजन राजन लिम्बु (मुत्ति)ले १,३७४ उनका प्रतिस्पर्धी एमालेका सरोज लिम्बुले १ हजार, जसपाका मन्जिता लिम्बुले ७६ लिम्बुवानका भिम लिम्बुले ३२ मत प्राप्त गरेका छन् ।

एता उपाध्यक्षमा गठबन्धनका रविन साम्रा लिम्बुले (नेपाली काँग्रेस ) १३०४, एमालेकी शन्ति लिम्बु पौडेलले ९९८, जसपाका श्रीहाङ लिङखिमले १९४ साथै राप्रपाका ललित कुमार लिम्बु ७ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्