माओवादीकी अरुणादेवी राई बनिन् पहिलो महिला अध्यक्ष

काठमाडौँ — २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छिन् । गत शुक्रबार भएको निर्वाचनमा खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी राई निर्वाचित भएकी हुन् ।

अरुणाले २८८१ मत ल्याउँदा एमालेका शंकरले २५७५ मत ल्याएर पराजित भएका हुन् । अरुणा काँग्रेस र माओवादी तालमेलबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । यस्तै गठबन्धनबाट उपाध्यक्षमा काँग्रेसबाट खेमबहादुर खड्काले २८०५ मत ल्याएर विजयी भएका छन् भने एमालेकी विमला राईले २४९५ मत ल्याएर पराजित भएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्