सिदिङवा १ मा एमाले विजयी

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका वडा नं. १ मा एमाले विजयी भएको छ । वडा अध्यक्षमा एमालेका गोपाल बानिया २२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका विजय प्रकाश चापागाईंले १०७ र स्वतन्त्र उम्मेदवार याम बहादुर बानिया ले शुन्य मत प्राप्त गरेका छन् । सदस्यमाहरुमा एमालेका भानुभक्त दाहाल २०७, टईन्द्र प्रसाद चापागाईं २००, छत्रमाया ईजम १९, दलित महिला सदस्यमा मन कुमारी खाती १८२ मत प्राप्त गर्दै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्