सिदिङ्वा ७ मा नेपाली काँग्रेस विजयी

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ७ नं. वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका लक्षुमन तामाङ ३४५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका भुमि प्रसाद तामाङले ३११, स्वतन्त्र उम्मेदवार बुद्ध बिर तामाङले ७५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भिष्मराज लिम्बुले ९ र राप्रपाका राम कुमार तामाङले ५ मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला सदस्यमा काँग्रेसका राज कुमार लिम्बु ४०२, पुर्ण कुमार गुरुङ ३८५ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा काँग्रेस कै तारा देवी भट्टराई ३९८ साथै दलित महिला सदस्यमा मन कुमारी विश्वकर्मा ३९१ मत ल्याउँदै विजयी बनेका छन् । सिदिङ्वामा काँग्रेस साथै माओवादी सहितका दलहरुले गठबन्धन गरेर चुनावमा सहभागी भएका थिए भने ७ नं. वडा काँग्रेसको भागमा परेको थियो


प्रतिक्रिया दिनुहोस्