फुङलिङ नगरपालिका २ मा एकिकृत समाजवादीका मोहन न्यौपाने विजयी

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. २ मा एकिकृत समाजवादीका मोहन न्यौपाने विजयी भएका छन् । न्यौपाने ३७६ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका तुलसी राम पौडेलले २६७, स्वतन्त्र उम्मेदवार बिर बहादुर तामाङले १४०, जनता समाजवादी पार्टी (जसपा) का दुर्गा प्रसाद न्यौपानेले ७८, राप्रपाका सुर्य प्रसाद भट्टराईले ४४, संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चका होम प्रसाद तुम्बाहाम्फेले १८ मत प्राप्त गरेका छन् । बिरेन्द्र लिम्बु ३८२, लिला चक्र गुरुङ ३७० मत प्राप्त गर्दै एमालेको तर्फबाट खुल्ला सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै गरि एमालेबाट नै महिला सदस्यमा शान्ता मादेन ( राई) २७३, तारा विश्वकर्मा २९७ मत प्राप्त गर्दै विजयी भएका छन् । फुङलिङ नगरपालिकामा काँग्रेस,माओवादी केन्द्र, एकिकृत समाजवादी सहितका दलहरुले गठबन्धन गरेर चुनावमा सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्