मेरिङदेन १ मा एमालेका सविन कुमार चोङबाङ विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ मा एमाले विजयी भएको छ । एमालेका सविन कुमार चोङबाङ आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका टेक बहादुर ओख्राबुलाई १८ मतले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । चोङबाङले ४७४ मत प्राप्त गरेर विजयी हुँदा ओख्राबुले ४५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला सदस्यमा एमालेका निम कुमार शेर्पा ४८९, काँग्रेसका साजन एभेङ्ग लिम्बु ४६३ मत प्राप्त गर्दै विजयी भएका छन् । गठबन्धनका तर्फबाट (काँग्रेस)महिला सदस्यमा विष्णु कुमारी तुम्बाहाम्फे ४६७ साथै दलित महिला सदस्यमा अमृता कुलुङ शेर्पा ४६६ मत प्राप्त गर्दै विजयी भएका छन्


प्रतिक्रिया दिनुहोस्