आठराई त्रिवेणी ४ चाँगेमा एमालेको प्यानलै विजयी


ताप्लेजुङ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ४ चाँगेमा गठबन्धनलाई पराजित गर्दै एमालेको प्यानलै विजयी भएको छ । एमालेका उम्मेदवार अर्जुन लिम्बु ४०८ मत प्राप्त गर्दै वडा अध्यक्षम विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट धनराज तामाङ (काँग्रेस) ३९० मत प्राप्त गर्दै लिम्बुसँग पराजित भएका हुन् ।

एमाले कै खुल्ला सदस्य तर्फ सुन्दरराम लिम्बु ४२७ र बलबहादुर लिम्बु ४०८, महिला सदस्यमा विष्णु कुमारी तामाङ ४२४ साथै दलित महिला सदस्यमा नरमाया दर्जी ४०७ मत ल्याएर विजयी भएका छन्


प्रतिक्रिया दिनुहोस्