मिक्वाखोला ३ लिवाङमा वडा अध्यक्षमा एमालेका मचिन्द्र कुमार लिम्बु विजयी


ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोेला गाउँपालिका वडा नं. ३ मा एमालेका मचिन्द्र कुमार लिम्बु विजयी भएका छन् । उनले ४४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी काँग्रेसका दिपेन्द्र कुमार लिम्बुले ४१५ मत प्राप्त गरेका छन् । काँग्रेसबाट खुल्ला सदस्यतर्फ चित्त बहादुर लिम्बु ४३६, फुर्बा शेर्पा ४३३ साथै महिला सदस्यमा संगीता लिम्बु ४५२ मत प्राप्त गर्दै विजयी भएका छन् । यस वडामा दलित महिला सदस्यमा काँग्रेसकी लक्षीमाया विश्वकर्मा निर्विरोध निर्वाचित भएकी थिईन् ।


प्रतिक्रिया दिनुहोस्