फत्ताङलुङ ६ लेलेपमा काँग्रेसका पेमा टासी शेर्पा विजयी


ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नम्बर ६ लेलेपमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पेमा टासी शेर्पा विजयी भएका छन् । उनले ५४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका छोवाङ शेर्पाले ३५२, जसपाका केदार जुङ लिम्बुले ३७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आकाश लिम्बुले २ मत प्राप्त गरेका छन् ।

त्यस्तै काँग्रेसबाट नै खुल्ला सदस्यमा गणेश बहादुर लिम्बु ५४१, भगिमान लिम्बु ५०१, महिला सदस्यमा तारादेवी लिम्बु ५२९ विजयी भएका छन् । दलित महिला सदस्यमा भने मञ्जु कामी यस अघि नै निर्विरोध निर्वाचित भएकी थिईन् ।


प्रतिक्रिया दिनुहोस्