फुङलिङ नगरपालिका ३ मा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिक वडा नम्बर ३ मा एमालेको प्यानलै विजयी भएको छ ।
एमालेका उम्मेदवार टंक बहादुर पालुङ्वा वडा अध्यक्ष सहित प्यानलै विजयी भएको हो । पालुङ्वाले ६५७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका युवराज बरालले ४५१ मत ल्याएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा एमालदेको तर्फबाट उम्मेदवार बनेका शैलेन्द्र कुमार भुजेलले ५५६ र भिम कुमार पुरीले ५४४, महिला सदस्यमा मिना आचार्यले ६२८, दलित महिला सदस्यमा तिलमाया दर्जी ५९३ मत प्राप्त गर्दै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्